रौतहट ५ जेष्ठ । गुजरा नगरपालिका ७ मनहर्वामा ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । ना.४ त ५७५७ नम्बरको मकै लोड गरेको ट्याक्टर सोमबार बिहान दुर्घटना हुँदा ट्याक्टरमा सवार एक जनाको मृत्यु भएको हो । मृत्यु हुनेमा देवाहिगोनाही नगरपालिका ५ पिपरा बस्ने ३५ वर्षीय विजय रहेका छन् । दुर्घटना हुँदा ट्याक्टरको ट्रलि तथा मकैको बोराले च्यापिएर उनको घटनास्थलमै मृत्यु भएको हो । हाल फरार ट्याक्टर चालकको प्रहरीले खोजी गरिरहेको छ । घटनाका विषयमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here