निरन्जन बम।

बहराइन । झण्डै दुई बर्ष अगाडी रोजगारिको सिलसिलामा बहराइन आएका गुल्मिका २९ बर्षिय युवा मीन बहादुर केसि सदाका निम्ति बहराइनमै अस्ताएका छन। बहराइन स्थित स्क्युरिकोर कम्पनिमा सेक्युरेटी गार्डमा आएका मीन बहराइनको हिद स्थित खलिफा बिन सलमान पोटमा बिगत दुई बर्ष देखि कार्यरत थिए।अप्रिल २०२० मा कम्पनी सङ्गको सम्झौता सकिए पनि लकडाउनले घर जाने वातावरण नभएपछी उडान खुल्दा सम्म त्यतिकै बस्नु भन्दा काम गर्ने मनस्थिती बनाएका उनी निरन्तर आफ्नो काममा ब्यस्त थिए।अप्रिल को मध्यतिर उनले काम गर्ने ठाउमा एक जना अर्कै मान्छेलाइ कोरोनाको आसन्का गरियो र मीन लगायत सङ्गै काम गर्ने अन्य दस जना नेपाली कामदारहरुलाइ बहराइनको जुफेयर स्थित एक होटेलमा क्वारेन्टाइनमा राखियो।क्वारेन्टाइनमा राखिएको १५ दिन पछि सबै जनाको कोरोना परिक्षण रिपोर्ट नेगेटिभ आयो,सबै जना खुसी भए तर मिनको लागि त्यो खुसी जिन्दगिको अन्तिम खुसी बन्यो।कोरोना रिपोर्ट नेगेटिभ आए पछि खुसी बनेका सबै जना होटेलमै रहेको स्विमिङ पुलमा मे १ मा नुहाउन गए तर मीन त्यै स्विमिङपुलमा डुबेर सदाकालागी सन्सारबाट बिदा भए।

मिनको अकल्पनीय मृत्यु पश्चात बहराइनको कोरोना अस्पताले उस्को पुनः कोरोना परिक्षण गर्यो तर मृत्युु पश्चात् मिनको कोरोना रिपोर्ट पोजेटिभ आयो। रिपोर्ट पोजेटिभ आए लगत्तै सङ्गै रहेकअन्य ब्यक्तिहरुलाइ अहिले अस्पताक भर्ना गरिएको र पछिल्लो रिपोर्ट आइनसकेको बहराइन स्थित नेपाली राजदुत पदम सुन्दास ले जानकारी दिनु भयो। राजदुत सुन्दास का अनुसार अब अन्तर्राष्ट्रिय मापदण्ड अनुसार मिनको पार्थिव शरीर समेत नेपाल जान पाउने छैन ।बहराइनको सरकारले नियमानुसार यतै अन्तिम सस्कार गर्नेछ। बहराइन स्थित नेपाली राजदुतावास का अनुसार मे ५ सम्म मा बहराइनमा १५५५०१ जनमा कोरोना परिक्षण गरिएकोमा २४५ जना नेपाली सहित १९५० जना संक्रमीत फेला परेका छन भने १७६२ जना उपचार पछि निको भै घर फर्किसकेका छन।अहिले सम्म ८ जनाको निधन भैसकेको छ। राजदुत सुन्दासका अनुसार पछिल्लो पटक बहराइन सरकारले तथ्यांक उपलब्ध गराएको छैन तर सम्पुर्ण संक्रमीत नेपालिहरुको अवस्था सामान्य रहेको छ।

बहराइन अघिराज्यमा पछिल्लो पटक संक्रमण दिनदिनै बढ्दै गए सङ्गै यहाको सरकारले सेमि लकडाउन गरेको छ। बिद्यालय कलेज स्विमिङपुल जिम बिच म हरु अर्को सुचना जारी नभए सम्मका लागि बन्द गराएको छ भने सार्वजनिक स्थानमा जादा अनिवार्य मास्क लगाउन भनिएको छ।हिडडुल गर्दा समुहमा र पाच जना भन्दा बढी भेला हुन समेत प्रतिबन्ध लगाएकोछ।यदि यी कुराहरुको उल्लंघन गरे यहाको कानुन बमोजिम तीन महिना जेल र एक हजार देखि दस हजार बहाइनी दिनार जरिवाना तिर्नु पर्ने जनाएको छ।

लगभग २० देखि २५ हजार जना नेपाली कामदार रहेको बहराइनमा पछिल्लो पटक कोहि अप्ठ्यारोमा नपरुन भनेर नेपाली राजदुतावास बहराइन ले बहराइनमा रहेका विभिन्न नेपाली संघ संस्था एनआरएनए बहराइन लगायतका संस्था हरुसङ्ग मिलेर राहात र उद्दारको पहल गरिरहेको राजदुत सुन्दासले जानकारी दुनुभयो।

बहराइनमा कोरोनाका कारण रोजगार गुमाएका र भिसा सकिएर घरजान नपाएका तथा अबैधानिक रुपमा बहराइनमा बसेका नेपालिहरुका लागि नेपाली राजदुतावास ले पछिल्लो समय बिवरण संकलन को कार्य समेत गरेको छ।जस अन्तर्गत अहिले सम्म २४० बढिले आफ्नो विवरण दूतावासलाई उपलब्ध गराइसकेका र अझै यो क्रम निरन्तर रहेको राजदुत सुन्दासले जानकारी दिनुभयो।राजदुतावासको पहलमा विभिन्न संघ सस्था हरुको सहयोगले अहिले सम्म कोहि अफ्ठ्यारोमा नपरेका र अफ्ठारोमा परेका हरुलाइ बहराइन सरकार र नेपाल सरकार सङ्ग समन्वय गरि चाडै उद्दार गर्ने समेत राजदुत्त सुन्दासले जानकारी दिनुभएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here