गौर, ३१ बैसाख । रौतहट जिल्लाको सदरमुकामा गौर नगरपालिका भित्र रहेका अतिआवश्यक समाग्री बिक्री बितरण गर्ने पसलेलाई स्वास्थ्य समाग्री कोरोना रोक थाम तथा न्यूनीकरण गर्नका लागि समाजसेवी मोहन यादवले सहयोग गरेका हुन् ।
सदरमुकाम रहेका पसलहरुलाई बिना कुनै सेफ्टी कै पसल संचालनमा ल्याएको हेर्दा समाजसेवी यादवले आफै गौरको पसलहरुमा पुगी पसल संचालकलाई फेस सिल्ड र ग्लवस हस्तान्तरण गरेको हो।
बिश्वब्यापी फैलिएका नोबेल कोरोना भाईरसमा आज ५१ औ दिनको लकडाउनमा नेपाल कोरोना संक्रमितको संख्या २१७ पुगेका छन्।
समाजसेवी यादवले आफै नेपाल भारत सिमा पर्ने गौर भन्सार नजिकबाट संचालन भएको पसलहरुमा फेस सिल्ड र ग्लवस बितरण गर्दै बरहवा पुल हुँदै बि।पी चौकमा रहेको पसलहरुमा पुगेको थियो।महामारीको बेला नगरका जन्ताहरुलाई कसरी सुरक्षित राख्ने भने जनप्रतिनिधिले नगरेको खण्डमा समाजसेवी यादवले आफै नगरका जन्ताको पीडा आफ्नै पीडा बुझि सदरमुकाममा रहेको पसलहरुमा फेस सिल्ड र गलवस बितरण गरेको हो। जन्ताकै भोटले जितेका केही जनप्रतिनिधिले आफ्नो जन्तालाई सुरक्षित कसरी राख्नेमा जोड नदिदा समाजसेवी यादवले आफै सडकमा उत्रिएका छन्।
यस्तो दुस्खद घडीमा जन्ताहरु दुस्ख साथ नदिए कहिले दिन समाजसेवी यादवले भनेको हो। यस भन्दा पहिला समाजसेवी यादवले गौर नगरपालिकालाई ३३५ क्लोरिन सहित ४५० किलो सेनिटाईजर र ५० किलो जनपथ प्रहरी र ५० किलो शस्त्र प्रहरीलाई हस्तान्तरण गर्नु भएको थियो। स्थानीय सरकार संग बजेट हुँदा पनि ५० औ दिनको लामो लकडाउनमा अहिले सम्म १० किलो चामल,दाल,नुन, खाने तेल बितरण गरेको हो। १ हप्ता पनि नचल्ने रासन बितरण गर्दा आज लकडाउनको ५० औ दिन पुगिसकेको र गरिव जन्ता बाकी दिन के खाएर गुजारा चलाईरहेको सम्बन्धमा हेर्न पनि नगएको समासेवी यादवले बताए ।