काठमाडौं, २७ बैसाख।
विश्व समुदाय कोरोना भाइरसको महामारीसँग जुधिरहेका बेला काठमाडौँ उपत्यकाका दैनिक ज्यालादारीमा काम गर्ने विभिन्न श्रमिक, अपाङ्गता भएका र विपन्नलाई राहत सहयोगको शृङ्खला चलाइरहेका यति एयरलाइन्सका क्याप्टेन रमेश श्रेष्ठले सुरु गर्यो ।
राष्ट्रिय र अन्तर्राष्ट्रिय उडान स्थगन भइ फुर्सद मिलेका बेला घरमा आनन्दसँग बस्न पनि सकिन्थ्यो तर मनकारी क्याप्टेन श्रेष्ठ लकडाउनको अवधिमा दैनिक यस्तै अभियानमा जुटे । आफनो निजी रकम ५० हजार, श्रीमति लिला मास्केको ५० हजार र आफनै भाई क्याप्टन रमोद श्रेष्ठको ५० हजार गरि जम्मा १ लाख ५० हजारबाट शुरु भएको अभियानमा अहिले उनले आफ्नो पेशा र अन्य मित्रहरुबाट आर्थिक र नैतिक समर्थन बटुली एउटा टोली नै बनाएका छन् ।
काठमाडौँ महानगरपालिका वडा नं ३१, भीमसेनगोला निवासी श्रेष्ठको टोलीले राहत वितरण आरम्भ गरे देखि हाल सम्म प्रतिव्यक्ति १० केजी जिरामसिनो चामल, २ केजी आँटा, १ लिटर सूर्यमुखी तेल र १ केजी दाल गरी जम्मा १ हजार ५० को राहत प्याकेज करिब १ हजार ७०० जनालाई उपलब्ध गराइसकेको छ ।

त्यति मात्र नभई श्रेष्ठ टोलीले ग्यास खरिद र अन्य समस्या भएकालाई आवश्यकतानुसार जनही १ हजार देखि ५ हजारसम्म नगद पनि दिने गरेका छन् । क्याप्टेन श्रेष्ठका अनुसार करिब २० लाख खर्च बराबरको राहत सामग्री तथा नगद राशि करिब ३ तीन खर्च भईसकेको छ।
विभिन्न सञ्चारमाध्यम, सामाजिक सञ्जाल र अन्य सम्पर्कबाट सहयोग आवश्यक पर्नेहरुको जानकारी पाए पछि श्रेष्ठ आफ्नै गाडीमा सामान ‘लोड’ गरि प्रभावित पक्षहरुसमक्ष आफै पुगेर राहत वितरण गरिरहेका छन् । भोजपुरको दावाँमा पुख्र्यौली घर भई विमान चालकका क्षेत्रमा दुई दशकको अनुभव बोकेका श्रेष्ठ आफना श्रीमति लिला र भाई रमोदलाई लिएर सुरु गेको अभियानमा अहिले व्यवसायी मिलन केसी, नेपाल वायुसेवा निगमका क्याप्टेन प्रदीपराज भण्डारीसहित विभिन्न पाइलटहरु रहेको छन् । राहत वितरण टोली कहिले थानकोट, बालाजु, कहिले भक्तपुरको सूर्यविनायक, कहिले घटेकुलो, कहिले ललितपुरको गोदावरीसम्म पुग्ने गरेको छ । क्याप्टन श्रेष्ठको मानविय कार्य देखे पछि अहिलेसम्म यस समूहमा ७० जना पुगिसकेका छन् ।

काठमाडौँमा खासगरी ज्यालादारी गर्ने मजदुर, नाङ्लो पसल गर्ने र चिया पसल चलाउने, सुत्केरी, एकल महिला, अपाङ्गता भएका व्यक्तिहरुले राहतका लागि फोन गर्ने गरेका छन् । काठमाडौँका स्थानीय तहले सकेसम्म मतदातालाई राहत दिने र मजदुरलाई राहत पाउन नाम टिपाएर लाइन बस्नुपर्ने र अन्य झन्झट व्यहोर्नुपर्ने तुलनामा श्रेष्ठको राहत दिने प्रक्रिया सहज भएको राहत लिनेहरुको प्रतिक्रिया छ । उनको मोबाइल यही कामका कारण आजभोलि व्यस्त हुने गरेको छ ।

श्रेष्ठको अभियानमा हाल सबै भन्दा बढि सयुक्तराष्ट्रसङ्घमा कार्यरत पूर्वक्याप्टेन सुदीप रिजालले १ लाख ५१ हजार सहयोग गरेका छन् भने अगामी दिनहरुमा पनि गर्ने बताएका छन् । त्यस्तै हिमालयन एयरका क्याप्टेन रिवाज प्रधानले १ लाख सहयोग गरेको छन भने अरु पनि गर्ने बताएका छन् । क्याप्टेन प्रदिप मल्ल ५० हजार, अभियानका संचालक क्याप्टन श्रेष्ठका टोकियोमा बस्दैं आएका दाई ताराबाबु श्रेष्ठ टोकियो ५० हजार, अमेरिकाका राम थापाले ५०० अमेरिकी डलर, २ महिनाअघि पोखरा–काठमाडौँ उडानमा भेटेर फेसबुकमा साथी बनेका हाल अमेरिका निवासी सरोज भट्टराईले ५० हजार, अमेरिकाको टेक्ससका व्यवसायी रमेश दाहालले ६० हजार सहयोग गरेका छन् ।

यसैगरी श्रीमती मास्केका साथी बेलायतका मधु गुरुङ र उनको पहलमा पनि सहयोग आउने क्रम जारी छ । बेलायतबाट पूर्वगोरखा सैनिक अभियन्ता ज्ञानराज राईले पनि सक्रिय सहयोग गरेको श्रेष्ठले जानकारी दिए । उनले आम्दानी र खर्चको विवरण फेसबुकमै सार्वजनिक पनि गर्दै आएका छन् । यस क्रममा श्रेष्ठलाई विभिन्न राजनीतिक दलका नेताबाट पनि सहयोग र साथ मिलेको छ । उनी भन्छन्, ‘सरकारले आफ्नो काम त गरेको छ तर समन्वयात्मकरुपमा सबै मजदुर र विपन्नलाई राहत दिन नसकेको देखिन्छ । यस स्थितिमा हामीले नागरिकका तर्फबाट यो पहल गरेका हौँ । एक प्रकारको फरक अनुभूति पनि मिलिरहेको छ ।’
