राजविराज २६ बैशाख । सप्तरीमा क्वारेन्टाइनबाट १९ जना भारतीय नागरिक फरार भएका छन् । जिल्लाको हनुमाननगर कंकालिनी नगरपालिका वडा नम्वर १ कोसी ब्यारेजको कोसी निम्न माध्यमिक विद्यालयस्थित रहेको क्वारेन्टाइनबाट १९ जना भारतीय फरार भएका छन ।
प्रहरीको चौबीसै घण्टो कडा निगरानी रहने क्वारेन्टाइनबाट उनीहरु फरार भएका हुन् । सशस्त्र प्रहरी र नेपाल प्रहरीले संयुक्त क्वारेन्टाइनमा सुरक्षा दिँदै आएको स्थानीय बासीको भनाई छ ।
नेपालको विभिन्न भागबाट घर जादै गरको अवस्थमा उनीहरुलाई दुई सातादेखि क्वारेन्टाइनमा राखिएको थियो । उनीहरुलाई खान बस्ने व्यवस्था हनुमाननगर कंकालिनी नगरपालिका कार्यालयले दिदै आइरहेको थियो ।
गए राति कोठामा रहेका १९ जना एकै चोटि फरार भएको बिहीबार बिहानमात्र थाहा पाए । फरार भएका सबैका समानहरु कोठामै रहेको छ । क्वारेन्टाइबाट फरार भएकाहरु कहाँ गएको भने घटना शंकास्प रहेको स्थानीयहरुको भनाई रहेको छ ।
फरार भएका १९ जना सप्तरीको कुनै गाउँमा नै लुकेको हुन्सकने स्थानीहरुको भनाई रहेको छ । उनीहरुको समानय ज्वरो नापने काम माात्र भएको स्वास्थ्यकर्मीको भनाई छ । उनीहरुको कोरोना परीक्षण गरिएको थिएन । यसले गर्दा सप्तरीमा कोरोनाको जोखिम बढ्न सक्ने बुद्धिजिवीहरुको भनाई रहेको छ । प्रहरीको लापरवाहीले गर्दा यस्तो समस्या आएको स्थानीयको भनाई छ ।
हनुमाननगर कंकालिनी नगरपालिकाका नगरप्रमुख शैलेशकुमार साहले आफूले क्वारेन्टाइनमा खानाको प्रबन्ध र स्वास्थ्यसम्बन्धी विषय मात्र हेर्ने गरेकाले यसबारे सुरक्षाकर्मीहरुले नै भन्न सक्ने बताए ।
सप्तरीका प्रहरी प्रवक्ता डीएसपी तिलक भारतीले बिहीबार बिहान गन्दा ७२ जनामध्ये ५३ जना मात्र पुगेपछि मात्र १९ जना नरहेको थाहा भएको बताए । उक्त क्वारेन्टाइनस्थलको सुरक्षा गरिरहेका इलाका प्रहरी कार्यालय भारदहका प्रहरी नायव निरीक्षक सागिर राइनसित सम्पर्क हुन सकेन । स्रोतका अनुसार प्रमुख राइनसहित पाँच प्रहरीलाई शुक्रबार जिल्ला प्रहरी कार्यालय तानिएको छ । संभार mysanchar.com