कैलाली २३ बैशाख । मुलुकमा लकडाउनका कारण सडकमा सवारी आवागमन बन्द भइरहेकै बेला कैलालीमा एम्बुलेन्स र मोटरसाइकल ठोकिँएको छ । गौरीगङ्गा नगरपालिका–९ मा भएको दुर्घटनामा मोटरसाइकलमा सवार प्रहरी हवल्दारको मृत्यु भएको छ।
दुर्घटनामा गौरीगङ्गा नगरपालिका–८ घर भई सशस्त्र प्रहरी बेसक्याम्प पहलमानपुरमा कार्यरत ३५ वर्षीय सशस्त्र प्रहरी हवल्दार गोरख ऐरको मृत्यु भएको हो ।
पश्चिमबाट पूर्वतर्फ गइरहेको से१च १८२८ नम्बरको एम्बुलेन्सले विपरीत दिशातर्फ आइरहेको म२प ५३०३ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको प्रहरीले जनाएको छ । दुर्घटनामा परी मोटरसाइकलमा सवार हवल्दार ऐरको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायव उपरीक्षक दक्षकुमार बस्नेतले जानकारी दिनुभयो । संभार जनता समाचार