सप्तरी २३ बैशाख । सप्तरीको राजगढ गाउँपालिकामा बलात्कार गरेको आरोपमा एक युवक पक्राउ परेका छन् ।सप्तरीको राजगढ गाउँपालिका–४ छातापुरका २५ वर्षीय शम्भुकुमार रामले १६ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा घटनास्थलबाटै गाउँलेले उनलाई पक्राउ गरेका हुन् । घटनास्थलबाट पक्राउ परेका रामलाई गाउँलेले निर्घात कुटपिट समेत गरेका छन् । घरमा सुतिरहेका बेला आइतबार राति प्रवेश गरेका आरोपितले बलात्कार गरेको र उनीसँगै आएका अपरिचित अन्य दुई जना फरार भएको पीडितले बताइन् ।
आरोपितले आरोप अस्विकारगरेका छन् । आरोपित रामलाई सुरक्षा बेस क्याम्प पत्थरगाढालाई जिम्मा लगाएपछि पीडितका बुवाले जिल्ला प्रहरी कार्यालयमा दिएको उजुरी मङ्गलबार दर्ता गरिएको जिल्ला प्रहरी कार्यालय, सप्तरीले जनाएको छ । पीडितको स्वास्थ्य परीक्षण र प्रारम्भिक वयानपछि घटनास्थलबाट पक्राउ परेका आरोपितविरुद्ध जबरजस्ती करणीको उजुरी दर्ता गरिएको जिल्ला प्रहरी कार्यालय, सप्तरीका डीएसपी तिलक भारतीले बताउनुभयो । आरोपितविरुद्ध मङ्गलबार सप्तरी जिल्ला अदालतबाट म्याद थप गरी थप अनुसन्धान गर्न लागिएको डिएसपी भारतीले बताउनुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here