काठमाडौ, २३ बैसाख । नेपाल टेलिभिजन कार्यक्रम समृद्धि तर्फ हाम्रो यात्रा कि प्रस्ताेता एवम हाम्रायात्रा डट टिभि अनलाइनका संपादक एवम संचालिका राेजी ढकाल पराजुलीले स्वास्थ्यकर्मीहरु झै संचारकर्मीहरु पनि ज्यान जाेखिममा राखि कार्य गरिएको भन्दै स्वास्थ्य कर्मीी सरह स्वास्थ्य सुरक्षाकाे माँग गरेकि छिन् ।

पत्रकार पराजुलीले आज आफ्नाे समाजिक संजाल फेसबुकमार्फत उक्त माँग पूरा गर्न सरकारकाे ध्यानाकर्षण गराएकि छिन् । सम्पादक पराजुलीले ” यतातिर सरकारको ध्यानाकर्षण होस् भन्न चाह्न्छु ! पत्रकारले सधै विभिन्न समस्या सामना गर्दै आइरहेकाे छ । आफैले विश्वस्नियताका सन्दर्भमा उठाएकाे प्रश्न संगै राजनीति र सरकारवाट लिईने कदमहरु संग जुध्ने वा सामना गर्ने चुनाैती त छदैछ । यस बिपत्तिका बेला कोरोना भाइरस यस्तो समस्याका वेला यसवाट सतर्क रहन आवश्यक प्रविधिहरुकाे अभावमा पनि आफ्नो भुमिका निर्वाह गर्नु परेकाे छ । याे विपत्तीकाे समयमा आफू समस्यामा रहेर पनि सूचना प्रवाह गरेर समाजलाइ सचेत बनाउने र सरकारलाइ खवरदारी गर्नेकाम गरिरहेका छन। सुरक्षा कर्मी स्वास्थ कर्मि लाई त सरकारले हेरेको छ तर पत्रकार लाई ? सरकारले पत्रकारिता लाई सकारात्मक रुपले हेर्नु पर्छ । पत्रकार एउटा स्वास्थ्यकर्मी सरह काम गरिरएको छ तर व्यवहारमा सरकार बाट सहयाेग छैन । ज्यादै अप्ठेराे अबस्थामा आज यस समयका बेला राम्रा ठुला भनिएका मिडिया पनि बन्द भै सकेको अवस्था छ । फेरि पनि यतातिर सरकारको ध्यानाकर्षण होश भन्न चाह्न्छु ।” उल्लेख गरेकि छिन् ।

साथै पराजुलीले पत्रकारितालाई सरकारले सकारात्मक दृस्टीले हेर्नू आवश्यकता रहेकोमा जाेड दिएकि छिन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here