रौतहट ९ बैशाख । रौतहटको माधवनारायण नगरपालिका २ खेसरहियामा राहत वितरण गरिएको छ । कोरोना भाइरसको रोकथाम तथा नियन्त्रणको लागि सरकारले गरेको लकडाउनको कारण ज्याला मजदुरी गरी जीवन दैनिकी चलाइरहेका गरिव विपन्न तथा अति विपन्न पविारहरुलाई राहत वितरण गरिएको हो । खेसरहियाका ३ सय २० परिवारलाई प्रति परिवार २५ किलो चामल, ३ किलो दाल, ३ किलो आलु, १ किलो तेल र १ किलो नुन वितरण गरिएको नगर प्रमुख विरेन्द्र यादवले बताएका छन । अहिलेसम्म माधवनारायण नगरपालिकाको वडा नं ९, १, ४ र २ मा राहत वितरण भइसकेको र बाँकी ३, ५, ६, ७ र ८ नं वडामा राहत वितरण गर्न बाँकी रहेको मेयर यादवले बताउनुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here