रौतहट, ४ बैशाख । रौतहटको कटहरिया नगरपालिका वडा नं ८ पिप्रा पोखरियामा राहत वितरण गरिएको छ ।
कोरोना भाईरस रोकथाम तथा नियन्त्रणका लागि सरकारले गरेको लकडाउनका कारण दैनिक ज्यालादारी गर्ने,अति विपन्न गरिब परिवारलाई समस्या भईरहेको छ । सो कुरालाई मध्यनजर गरि कटहरिया नगरपालिकाको सहयोग बाट वार्डमा राहत वितरण गरिएको हो ।
प्रति परिवार राहत स्वरूप चामल २५ किलो , दाल २ किलो , नुन २ पैकेट,आलु ४ किलो, प्याज १ किलो , साबुन ४ पिस , खानेतेल २ लिटर वितरण गरिएको वडा सचिव जयराम साहले बताउनुभयो।
पिप्रा पोखरिया टोलमा २ सय जना मध्ये १२५जना लाई राहत वितरण गरिएको र आज वार्डको बलुआ टोलमा बाँकीराहत वितरण गरिने वडाध्यक्ष नबद राय यादवले जानकारी दिनुभयो ।
राहत वितरणमा वडा स्तरीय विपद व्यवस्थापन समिति का नेकपा प्रतिनिधि राधामोहन यादव , शस्शत्र वेश क्याम्प का प्रतिनिधि ,ईप्रका कटहरियाका प्रतिनिधि शिक्षक प्रतिनिधि बिनोद यादव,भुवनेश्वर यादव,सुखल यादव लगाएतको उपस्थिति रहेको रविरंजन यादवले जानकारी दिनुभयो ।