राजेश कुमार शर्मा ।
माेरंग, २६ चैत ।
विराटनगरमा नयाँ ठाउँ संरचनामा भयो “गुद्री बजार” तर सन्चालनमा आएन विराटनगरको करोडौं लगानी भएको एकीकृत फलफूल तथा तरकारी थोक बजार
विराटनगरमा तरकारी तथा फलफुलको लागि रहेको ‘गुद्री बजार’ विराटनगर ११ बसपार्क पछाडीको खाली ठाउँमा सरेको हो ।उक्त ठाउँमा सर्न व्यापारीले आलटाल गर्दै आएकोमा मोरङका प्रमुख जिल्ला अधिकारी मदन भुजेलले यही चैत २२ गतेभित्र बजार खाली गर्न दिएको कडा निर्देशन पछि गुद्री बजार बस पार्कको पश्चिम नागेश कोइरालाको खाली जग्गामा सरेको छ । नयाँ ठाउँमा सरेको भएपनि अहिले थोक बिक्रीको लागि मात्रै तयार रहेको व्यापारीले बताएका छन् । लकडाउनको कारण गाडीमा सामान ल्याउन नपाएकोले पूर्ण रुपमा संचालन गर्न समय लाग्ने भएको हो । सो जग्गा गुद्री बजार सञ्चालकले मासिक तीन लाख भाडा तिर्ने गरी २० वर्षका लागि भाडामा लिएका छन् ।
यस अघि, मोरङको कटहरी १ गाँउपालीकामा रहेको कटहरी फलफुल तथा तरकारी बजारमा गुद्री बजार पनि स्थापित गरीएको थियो । प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गर्नुभएको मोरङको कटहरी गाउँपालिकास्थित जमटोकीमा निर्मित एकीकृत फलफूल तथा तरकारी थोक बजार उद्घाटन भएको महीनौ बिते पनि सञ्चालनमा आउन सकेको छैन । कानूनको अभाव देखाएर करोडौं लगानी भएको भौतिक पूर्वाधार सञ्चालनमा ल्याउन नसक्दा कृषि बजार क्षेत्र झारले जेलिएको छ ।
प्रदेश नम्बर १ सरकार मातहत सञ्चालन हुने थोक बजार विश्व बैंकको १६ करोड रुपैयाँको आर्थिक सहयोगमा कृषि तथा पशुपक्षी विकास मन्त्रालयले निर्माण गरेको हो । गत चैत ३ गते कृषि बजारको उद्घाटन भएको थियो । प्रदेश सरकारले नीति बनाएर कृषि बजार सञ्चालनमा ल्याउनुपर्ने भए पनि आवश्यक काम हुन नसक्दा सञ्चालनमा आउन नसकेको हो । करोडौंको लगानी लगाए पनी काममा लागेन बजार अब यस्को भर्पाइ कस्ले गर्ला ?
गाउँपालिकाका अध्यक्ष रामकुमार कामतले गाउँपालिका र प्रदेश सरकारबीचको सहमतिमा कृषि बजार सञ्चालन हुनुपर्ने भए पनि कुनै छलफल नभएको बताए । प्रदेशको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले भने कृषि बजार सञ्चालनको विधि तथा प्रक्रिया तयार नभई प्रदेश सरकारलाई हस्तान्तरण भएको जानकारी दिएको छ ।
मन्त्रालयका सचिव हस्तबहादुर विष्टले बजार सञ्चालनको कार्यविधि निर्माणको काम अन्तिम चरणमा रहेको जानकारी दिए । उनले सञ्चालन कार्यविधि प्रदेश मन्त्रिपरिषद्बाट स्वीकृत भएलगत्तै बजार सञ्चालनमा ल्याउने दाबी गरे ।