रेडखबर डेक्स, २५ चैत्र । नेपाली काँग्रेसका नेतृ एवम प्रदेश सांसद बिजुला बर्मा राणाले संकटका बेला पनि प्रधानमन्त्री के पी शर्मा ओलीको सम्बोधनमा उही दम्भ र उही अहंकार देखिएको टिप्पणी गरेकी छिन् । कोरोना संक्रमणबाट बचन सरकारद्धारा गरिएको लकडाउनको बेला दोस्रो पटक देशबासीको नाममा सम्बोधन गर्नु भएका प्रधानमन्त्रीको सम्बोधन लगतै रेडखबरसंगको कुराकानीमा प्रदेश सांसद बर्माले सो टिप्पणी गरेकी छिन् ।

प्रदेश सांसद बर्माले नेपाल कोरोना सन्क्रमणको दोस्रो चरणमा प्रवेश गरेको अवस्थामा छ। यो अवस्थालाई समयमा रोक्न प्रयास गरिएन भने भयाबह स्थितिको सामना गर्नु पर्ने हुन्छ। यो स्थिति लाई खेप्न नपरोस् भनी लक डाउनमा बसेका नेपालीको माझमा देशको प्रधानमन्त्री सम्बोधन आउदै गर्दा निश्चित रुपमा पनि सरकार नयाँ कार्ययोजना तालिका सहित प्रस्तुत हुनेछ भने रहेको आशा निराशामा बदलिएको बताईन। नेतृ बर्माले उहाँ देशको प्रधानमन्त्री होइन पार्टीको नेता भएर प्रस्तुत हुनु भयो। सम्बोधनमा मात्र आफनो मन्त्रीमन्ड्लको ढाकछोप थियो।लाग्छ त्यो सम्बोधन नै ढाक छोपका लागि थियो भनने आरोप लगाईन ।

उनका अनुसार स्वास्थ सामाग्री खरिद मा भएको ठूलो हिनामिनाको उहाँमा अलिकति पनि भनक थिएन, उल्टै सामग्री खरिदमा उठाएइको प्रस्नलाई मिथ्या प्रचारले सरकारले काम गर्न नसक्ने भनि प्रधानमन्त्रीले प्रतिआरोप लगाउनु भयो । नेतृ बर्माले नेपालमा कोरोना संक्रमण भएको आज महिनौं दिन भै सक्दा पनि हजारको सख्यामा पनि भाइरस परिक्षण हुन सकेको छैन । स्वास्थ्य सामाग्री अपरिहार्य छ। त्यो पनि उपलब्ध गराउन सरकार असमर्थ छ। गुणस्तरहिन स्वास्थ्य सामग्रीका कारण स्वास्थ्यकर्मीको स्वाथ्यमाथि खेलवाड गरिएको छ । यतिका दिन भै सक्दा पनि सामाग्री किन आउन नसकेको, लेनदेनको खेलमा सरकार अड्किएको नहोइत भनि सरकारसंग प्रश्न समेत गरेकी छिन् ।

भारतबाट आएका नेपालीहरुलाई सम्झिदैं बर्माले उता नाकामा नेपालीहरु अलपत्र परेका छन । उनिहरुको लागि न क्वारेन्टाइन छ, न त आइसोलेशन वार्ड्को ब्यबस्थापन गर्न सकिएको छ । सबै नाकामा परिक्षण केन्द्र छैनन् । अर्को राहतको प्याकेजमा सरकार योजना बद्ध ढंगले प्रस्तुत हुनु पर्नेमा सरकार चुकेको छ । मजदुर तथा बेरोजगार असहायको लागि संगठित तरिकाले राहत बितरणमा ठोस योजना ल्याउन नसकेको प्रति दुख व्यक्त गरिन्।

संक्रमण दोश्रो चरणमा हुँदैका बेला रोक्न सक्नु पर्छ अन्था देश ठुलै महामाहरीको भुमरिमा फस्न सक्छ । तेस्रो वा चौथो चरणको संक्रमण हामीले खेप्न नपरोस भन्दै विपत एउटा परिवार, समाज र राष्टको मात्र नभई विश्वको चुनौती भएकाले यसलाई परास्त गर्न हामी सबै जुन तह र तप्कामा भए पनि उच्च मनोबल, दृढ आत्मविश्वास र एकबद्ध भएर लडन् सबैमा नेतृ बर्माले अपिल समेत गरिन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here