रौतहट २४ चैत । रौतहट जिल्लाको बृन्दावन नगरपालिकाका नगर प्रमुख राम स्नेही यादवले सोमबार देखि राहत वितरण कार्य सुरु गरेको छ । कोरोना भाइरस रोकथामका लागी सरकारले गरेको लकडाउनका कारण दैनिक ज्यालादारी गर्ने गरिब विपन्न परिवारको दैनिकी कष्टकर बनेपछि रौतहटको बृन्दावन नगरपालिकाका नगर प्रमुख राम स्नेही यादवले सोमबारदेखि राहत प्याकेज वितरण कार्य सुरु गरेको हो ।

नगर प्रमुख यादवले आफ्नो नगर भित्र रहेका एक दिन पनि काम नगरे घरमा चुल्हो बल्नै नसक्ने अति गरिब असाहाय परिवरहरुलाइ राहत वितरण कार्य सुरु गरेको नगर प्रमुख यादवले बताएका छन ।

सोमबार बृन्दावन अन्तरगत वडा नं १ बैराठपुरको दलित वस्तीबाट राहत वितरण कार्य सुरु गरेको वडा नं १ का वडा अध्यक्ष सुबोध पटेलले बताएका छन । राहत वितरण कार्यक्रम सोमबार नगर प्रमुख यादव र वडा नं १ का वडा अध्यक्ष सुबोध पटेलले सुरु गरेका छन ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here