सुधा मिश्र ।
अहिले विश्व कोरोना वायरसको महामारीले ग्रसित भएको छ।यो महामारीले हजारौंको ज्यान लिसकेको छ भने लाखौंको संख्यामा मानिस संक्रमित छन् । विज्ञान पनि समाधान खोज्नमा सफल हुन सकेको छैन । यस महामारीबाट जोगिन घरमा बसौ। बाहिर सकभर
कमसेकम निकलौ। निस्कनु नै परे मास्क लगाएर निस्कौ।बेला बेलामा सेनिटाइजरले हाथ मलने गरौ। घर आए पछि राम्ररी साबुनपानीले हाथ धुने गरौ।लुगा फुकालेर बाहिरै राखौ र सकभर धोइ हालौ।
यो महामारीबाट जोगिन अहिले संसार नै लकडाउनमा छ।लकडाउनलाई पालन गरेर हामी कोरोना विरुद्धको लडाइँमा सफल हुन सक्छौं । यो लडाइँमा सबैलाई आफ्नोतर्फबाट लड्नु छ।व्यक्तिगत सरसफाइलाई बढी ध्यान दिनु छ। अहिले लकडाउनको कारण दैनिक ज्यालादारीमा बाँच्ने मानिस माथि घोर संकट थपिएको छ।दुई छाक टार्न गाह्राे भएको छ।भात पकाउन एक मुठ्ठी चामल छैन।घरमा चुलो जलेको छैन । सरकारको राहत पुग्न सकेको छैन ।
यस्तो प्रतिकुल परिस्थितिमा केही परोपकारी मानवहरु उनीहरूको घरदैलोमा पुगिरहेका छन् । उनीहरूका सहारा बनिरहेका छन् ।मैले यस्ता सारथीहरुका कुरा गर्दै आएको छु। आज पनि ती मध्ये एकजनाको कुरा गर्न गइरहेको छु।
दुर्गम ठाउँमा बसेका चमार,डोम जस्ता विपन्न परिवारका मुसहर समुदायलाई राहतका प्याकेज लिएर पुगेका छन् ।प्रदेश नं २ को ८ जिल्ला ,विराटनगर उपमहानगरपालिका र हेटौंडा उपमहानगरपालिकामा खाद्यान्न वितरण गरेका छन् । प्रति परिवार १० किलो चामल, २ किलो दाल,२ किलो चिनी,२ किलो चिउरा ,१ प्याकेट नुन,१०० ग्राम मसाला सँगै त्यो परिवारलाई पुग्ने मास्क र दुईवटा साबुन राहतस्वरूप वितरण गरेका छन् । घरमा बस्नुपर्छ ।समाजिक दुरी बढाउनु पर्छ।बेला बेलामा साबुनपानीले हाथ धोइ राख्नुपर्छ भनी सचेतना पनि बाँडदैछन् । यो हो परोपकारी संस्था भोर जसका अध्यक्ष हुन् राज कुमार महतो। उनी एक समाजिक अभियन्ता हुन्।उनी बाल विवाह विरुद्ध पनि अावाज उठाएका छन् ।समाजको लोकहितको लागि जहिले अग्रसर छन् ।उनी एक धार्मिक छवि भएका व्यक्ति पनि हुन् ।धर्म कर्ममा आस्था राख्ने गर्छन्।
कोरोनाको कारणले विश्वभरी फैलिएको महामारीको बेला कोही पनि भोकभोकै नबसोस् भनेर राज कुमार महतोले यो राहतको प्याकेज लकडाउन उपरान्त पनि रहने भनी जानकारी गराएका छन् ।यस्तै महोत्तरी बर्दीबास नगरपालिका दलित समुदायलाई हातमुख जोर्न गाह्रो भएको जानकारी पाएपछि आफ्नो व्यक्तिगत लगानीमा राज कुमारले १५ परिवारलाई राहतको प्याकेज वितरण गरेका छन् ।जस कारण उनीहरूको घरको चुलो जलेछ।उनीहरूको जीवनमा भोर भएको छ।
नेपालीलाई स्थानीय ,पारम्परिक ,पोषिलो र शुद्ध खाद्यान्न उपलब्ध गराउन भोर संस्थाले ” भोर खाद्यान्न ” ल्याउदैछन्।राज कुमार एक धार्मिक व्यक्ति भएका हुनाले यही राम नवमीको दिन पारेर ” भोर खाद्यान्न ” को लोगो र फेसबुक पेज सार्वजनिक गरेका छन् ।यसले देशमा आर्थिक अभाव र रोजगारी अभाव कम गर्ने विश्वास राखेका छन् ।सेवा नै धर्म हो।यसरी बेसहाराको सहारा बन्ने संस्था भोरलाई कोटि कोटि धन्यवाद र संस्थाका अध्यक्ष राज कुमार महतोलाई हृदय देखि नमन।
यदि कोही हाम्रा वरिपरि संकटको घरीमा छन् भने हाम्रो कर्तव्य हुन जान्छ उनीहरूको सेवा गरौ।आउ एकले अर्कालाई सहयोग गरौ।कसैलाई भोकै बस्नु नपरोस् ।सबको थालमा भात होस् ।मधेसमा भन्ने गरिन्छ ,” बाँटिचुटि खायब राजा घर जायब।” अर्थात मिलिजुली खाए स्वर्गको आनन्दको आभास हुन्छ ।