रबिन्द्र यादव
नवलपरासी २२ चैत । नवलपरासी पश्चिम जिल्लाको प्रतापपुर गाउँपालिका(६ गुठी प्रसौनीमा सशस्त्र प्रहरीले एकसय लिटर घरेलु मदिरा नष्ट गरेको हो । सशस्त्र प्रहरी बोर्डर आउट पोष्ट गुठी परसौनीका सशस्त्र प्रहरी निरिक्षक सुमन अधिकारीको नेतृत्वमा खटिएको गस्ती टोलीले सुस्ता गाँउपालिका( ५ बलिनगर बाट भारतीय प्लेट नं युपी ५६ एएच ९२६८ को मोटरसाइकल बाट गएराति भारत तर्फ लैजादै गरेको अवस्थामा घरेलु मदिरा पक्राउ गरेको हो । बरामद गरिएको घरेलु मदिरालाई स्थानिय र पत्रकारहरुको रोहबरमा शनिवार विहान नष्ट गरेको हो । नेपाल सरकारले लगाएको लकडाउनको समयमा सिमामा तस्करी बढ्दै गएको स्थानियको गुनासो बढेपछि प्रहरी अझै सक्रियता देखाएको हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here