रौतहट २२,चैत रौतहटको चन्द्रपुर नगरपालिकाको एउटा गाई फर्ममा शनिबार बिहान आगलागी भएको छ। चन्द्रपुर नगरपालिका २ जुडिबेलामा रहेको काशी गाई फर्ममा विद्युत् सर्ट भएर आगलागी भएको हो। आगलागीबाट एउटा घर पूरै जलेको र घरभित्र रहेको खाद्यन्न समानहरु जलेको गाई फर्मका संचालक नबराज उप्रेतीले बताउनुभयो। आगलागीबाट फर्ममा रहेका चारवटै गाईलाई भने जोगाउन सफल भएको संचालक उप्रेतीले जानकारी दिनुभयो । चन्द्रपुर नगरपालिकाको दमकल, प्रहरी,शसस्त्र प्रहरी,नेपाली सेना र स्थानीयवासीको सहयोगमा आगो निभाइएको छ । केही दिनअघि पनि जिल्लाको विभिन्न स्थानमा आगलागी हुँदा लाखौँको क्षति भएको थियो।