रौतहट, २२ चैत्र ।
रौतहटको शिक्षा क्षेत्रका विभुति एवम नेपाल स्काउटको पुर्व आयुक्त तथा जुद्ध मावि गौरका पुर्व प्रधानाध्यापक रुद्र नारायण झाको गएर राति निधन भएको छ ।

नेपाल राष्ट्रिय शिक्षक संगठन रौतहटको पुर्वअध्यक्ष समेत रहेको झाको वहाँकै निवासमा शुक्रवार राति निधन भएको हो ।





रौतहटको शैक्षिक जगतमा लामो समयदेखि योगदान पुर्याउदै आएका झाको निधन प्रति संमाजिक संजाल फेसबुकमार्फत सर्वसाधारण, शिक्षक, पत्रकार, समाजसेवीले मात्रै नभई पुर्व शिक्षा अधिकारी, वर्तमान शिक्षा इकाई प्रमुख, प्रदेशका सांसद तथा प्रदेश कै राज्यमन्त्री समेतले श्रद्धाञ्जली व्यक्त गरेका छन् ।


राज्यमन्त्री योगेन्द्र राय यादवले आफनो फेसबुकमा शालिन स्वभाव के धनि, मानवअधिकार कर्मी एवं श्री जुद्ध मावि गौरके पुर्व प्राचार्य श्री रुद्र नारायण झाजीके निधन सुन कर मै स्तब्ध हुआ हु। उनके आत्माको बैकुण्ठ बास हो भन्दै श्रद्धाञ्जली व्यक्त गरेका छन् ।




स्वर्गिय झा विद्धान शिरोमणि ,विषय वस्तुको धनी ,मृर्दुभाषी, अंग्रेजी र संस्कृत भाषाका ज्ञाता ,मानवतावादी व्यक्तित्वका रुपले चिनिने व्यक्ति हुनुहुन्थ्यो ।




सरल स्वभावका धनी, न्यायको लागि सदैव लडिरहेने, शिक्षाको गुणात्मक सुधारको एक कुशल प्रणेताको निधनले अपुरणिय क्षेती पुगेको भन्दै नेपाल राष्ट्रिय शिक्षक संगठन रौतहटका अध्यक्ष धमेन्द्र प्रसाद सिंहले बिज्ञप्ती निकालेर मृतआत्माको चिरशान्तिको कामना गर्दै परिवारमा धैर्यधारण गर्ने शक्ती मिलोस भनी कामना गरेको छ ।


यसैगरी जयरामा मिडिया प्रालि गौरका निर्देशक जयप्रकाश यादवले रौतहटको शिक्षाको बिकासमा महत्वपुर्ण योगदान पुर्याउनु हुने स्वर्गिय झाको आत्माको चिरशान्तिको कामना गरेको छ । स्वर्गिय झा को पार्थिव शरिर धार्मिक परम्परा अनुसार शनिवार अन्तेष्टि गरीएको छ ।

