रौतहट, २२ चैत्र ।
जिल्ला प्रशासन कार्यालय रौतहटले भोली आईतबारबाट जिल्लामा रहेको सम्पुर्ण बैंकहरु हप्ता ३ दिन ३ घण्टा संचालन गर्ने निर्णय गरेको छ ।
जिल्ला प्रशासन कार्यालय रौतहटले आफनो समाजिक संजाल फेसबुक मार्फत उक्त सुचना सार्वजनिक गरेको हो ।
आज बेलुका सार्वजनिक गरिएको सुचनामा जिल्ला स्थित सम्पूर्ण बैंकहरु हप्तामा ३ दिन ( आईतबार, मंगलबार र विहीवार) विहान ११ बजे देखि दिउँसो १ बजे सम्म खुल्ने भएको छ ।
सेवाप्रवाहका क्रममा कोरोना भाइरसको संक्रमण हुन नदिन बैंकहरुले अनिवार्य रुपमा निम्न सावधानीहरु अपनाई बैंकिङ्ग सेवा प्रवाह गर्न गराउनुहुन जानकारी गराईन्छ ः
१. प्रवेद्वारमा साबुन पानीको प्रबन्ध गरी सेवाग्राहीका लागि अनिवार्य हात धुने व्यवस्था गर्ने,
२. मास्क र सेनिटाइजरको प्रयोग गर्ने,
३. एक पटकमा १ जना सेवाग्राहीलाई मात्र प्रवेश दिई निश्चित सामाजिक दुरी अपनाई सेवाप्रवाहको व्यवस्था मिलाउने भने निर्देशन समेत जारी गरेको छ ।

कोरोना भाईरसको संक्रमणबाट बच्न नेपाल सरकारबाट जारी गरिएको लकडाउनका कारण सबैं बैकहरु हाल बन्द रहेका छन् ।