नवलपरासी २२ चैत । काठमाण्डौंबाट घर जानका लागि पैदल हिडेर आएका बाँकेका २९ जना मजुदरहरुलाई नेपाल पत्रकार महासंघ पश्चिम नवलपरासी र उद्योग वाणिज्य संघ परासीले उद्दार गरेर गन्तव्यमा पठाएको छ । काठमाण्डौंबाट ३ दिनअघि पैदल हिडेर शुक्रबार पश्चिम नवलपरासीको भूमहीमा पुगेका उनीहरुलाई यी दुई संस्थाले उद्दार गरेर घर पठाएका हुन् । ३ दिनको पैदल यात्राका कारण सबै मजुदरका खुट्टा सुनिएका थिए । भोक र प्यासले उनीहरुको अनुहार मलिन थियो ।
समाचार संकलनका क्रममा बर्दघाटको टिसिएन चोकमा पुगेका पंक्तिकार पत्रकार महासंघका अध्यक्ष हरि शर्माले उनीहरुको दयनिय अवस्था देखेपछि उद्योग वाणिज्य संघका अध्यक्ष केशव भण्डारीसँग समन्वय गरेका थिए । मजुदरहरुको बारेमा यी दुवै संस्थाले प्रमुख जिल्ला अधिकारी बासुदेव दाहाल र प्रहरी उपरीक्षक लालमणि आचार्यलाई जानकारी गराएपछि प्रशासनले उनीहरुको सवारीसाधनका लागि पासको व्यवस्था मिलाएका थिए । उनीहरुलाई प्रहरीले भूमहीमा बिस्कुट र पानी समेत खुवाएको थियो । उवासंघले बसको व्यवस्था मिलाएपछि शुक्रबार साँझ उनीहरु बाँके गएका हुन् । २९ जनाको समुहमा महिलासँगै किशोर मजुदरसमेत थिए । पैसा पाएर घर जाने आशमा रहेका उनीहरुलाई ठेकेदारले पैशा नदिएपछि उनीहरु बेखर्चीजस्तै पैदल हिडेका थिए ।
बाँकेको राप्ती सुनारी घर भएका उनीहरु काठमाण्डौं टोखा नगरपालिका–२ पञ्चेतारामा पल्टिङ्ग गर्ने मजदुर हुन । सबै जना थारु समुदायका हुन् । उनीहरु टोखामा पर्खाल ९वाल० लगाउने काम गर्दै आएका थिए ।
पटक पटक रकम माग्दा पनि राकेश राई नाम गरेका ठेकेदारले नदिएपछि खल्तीमा भएको केही पैशा लिएर घर हिडेको शिवराज थारुले बताए । घर जानका लागि टोखा नगरपालिकाका कार्यबहाक अध्यक्ष हेराकाजी महर्जनले सवारीसाधनको अनुमति दिएका थिए । तर काठमाण्डौं प्रहरीले उक्त पास अमान्य भन्दै प्रशासनको पास मागेर गाडी फर्काएको थियो । प्रहरीको लाठी खाँदै २ दिन पासका लागि काठमाण्डौं प्रशासनमा पुगेपनि नपाएको उनीहरुले गुनासो गरे । ३ दिनसम्म अन्न खान नपाएका उनीहरुले चिउरा र दालमोठले भोक मेटाएका थिए । काठमाण्डौंमा बस्दा पानीको समेत हाहाकार भएपछि कति दिन उनीहरुले खाल्डोमा पानी जम्मा गरेर खाएको तितो अनुभव सुनाए । लकडाउन खुल्ने संकेत नदेखिनु र ठेकेदारसमेत सम्पर्क बिहिन भएपछि बेखर्ची भएर घर हिडेको अर्का मजुदर रोशन चौधरीले बताए । ३ दिनको अवधिमा उनीहरुले करिब २ सय ४० कि।मिको पैदल दुरी पार गरेका थिए । घर जान थप २ सय ९५ कि।मि। हिड्नु पर्ने थियो । सवारीसाधनको व्यवस्था हुन नसकेको भए उनीहरु घर पुग्न अझै ४ दिन लाग्ने थियो । घर जान पाएपछि उनीहरुले पत्रकार महासंघ, उद्योग वाणिज्य संघ र प्रहरी प्रशासनलाई हात हल्लाएर धन्यवाद दिदैं बस चढेका थिए । बाटोमा आफूहरु जस्तै थुपै्र सर्वसाधारण पैदल हिडेर घरतर्फ जादै गरेको उनीहरुले बताए । सरकारले मजदुरी गरेर खानेलाई बसेकै स्थानमा खानाको व्यवस्था गर्न र नसके घर जान व्यवस्था मिलाउनु पर्ने उनीहरुको माग छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here