काठमाडौं, २१ चैत । पोखरामा अहिलेसम्म कोही पनि व्यक्तिमा कोरोना संक्रमणको पोजेटिभ रिपोर्ट नभेटिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले स्पष्ट पारेको छ । नियमित पत्रकार सम्मेलन गर्दै याे कुरा प्रष्ट पारेकाे हाे ।
मन्त्रालयले कोरोना भाइरसबाट संक्रमित भएर उपचार रत पाँचै जना बिरामीको स्वास्थ्य सामान्य रहेको समेत जनाएको छ।
शुक्रबार आयोजित नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले कोरोनाबाट संक्रमित पाँचै जनाको स्वास्थ्य सामान्य रहेको जानकारी गराए । ‘कोरोनाबाट संक्रमित पाँच जनाकै स्वास्थ्य सामान्य छ,’ उनले भने।
कोरोनाबाट संक्रमितमध्ये दुई जनाको टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल, दुई जनाको बागलुङ र एक जनाको धनगढीस्थित सेती प्रादेशिक अस्पतालको आइसोलेसनमा उपचार भइरहेको उनले बताए।