सुधा मिश्रा । हामी सबैलाई थाहा छ चीनको वुहानमा तबाही मचाएर अहिले चीनको सिमालाई पार गरेर बाहिर निस्केको कोरोना वायरस corona virus ले पुरै दुनियाँलाई आफ्नो चपेटामा लिइसकेको छ। कोरोना वायरसको संबध वायरसको यस्तो परिवार संग छ जसको संक्रमणले रुघाखोकी, सांस लिनमा कठिनाइ जस्ता समस्याहरु देखिन्छ ।यो वायरस पहिले देखिएको थिएन।यो वायरसको संक्रमण दिसंवरबाट चीनको वुहानबाट शुरु भएको हो।W.H.O को अनुसार ज्वरो, रुघाखोकी ,सांस लिनमा समस्या यसको लक्षणहरु हो। अहिलेसम्म यो वायरसलाई रोकथाम गर्न सकिने त्यस्तो कुनै पनि आैषधी वा खोप बन्न सकेको छैन ।

स्वास्थ्य मंत्रालयले कोरोना वायरसबाट बच्नको लागि दिशानिर्देश जारी गरेको छ। यस अनुसार
हाथलाई पटक पटक साबुनपानीले धुने।अल्कोहल अाधारित हैंड वास प्रयोग गरे पनि हुने।खोक्दा वा छिक्दा समयमा नाक र मुख रुमाल वा टिश्यु पेपरले छोप्ने ।कोल्ड वा फ्लुको लक्षण देखिएको व्यक्तिबाट टाढा बस्ने ।अंडा र मासु सेवन नगर्ने ।ज्वरो ,रुघाखोकी जस्ता लक्षण देखिए नजिकको अस्पतालमा परिक्षण गराउने ।

देश र जनतालाई यो महामारीबाट जोगाउन सरकारले मंगलबारदेखि देशभरि लकडाउन गरेका छन् ।सरकारको यो पहललाई हामी जनताले पुर्णरुपमा साथ दिनुपर्ने हुन्छ ।यो कदम हाम्रै लागि हो।भनिन्छ Prevention is better then cure.रोग लाग्नु भन्दा पहिला नै
रोकथाम गर्नु उत्तम उपाय हो।त्यसैले हामी सजग होउ।आफ्नो स्वास्थको सुरक्षा गरौँ ।आफू पनि बचौ अरुलाई पनि बचाअौं।

तर सरकारको यो प्रयास सहरतिर मात्रै देखियो ।सरकार पनि सहरतिरै अलमलिएको छ।गाउँघरमा अफवाह र कुसुचना फैलिदैछ।ग्रामिण क्षेत्रमा जागरूकताको खाँचो छ।बिना डर सिर्जना गरि यसको भयावहता बारे बताउन स्थानीय सरकारहरु निष्प्रभावी देखियो।अहिलेको अवस्थामा उनीहरू सहारा विहिन।कहाँ र कसलाई फुर्सद छन् उनीहरूको बारेमा सोच्नको लागि ? कतिपय ग्रामिणलाई त कोरोना वायरसको बारे खासै थाहा पनि छैन ।

नेपालमा सत्तासँग टाँसिने व्यापारीहरु त अनेका छन् ।भोटको बेलामा भात र मासु घर घर पुरयाउन यिनीहरू नै पुगेका छन् ।तर अहिले कहाँ छन् उनीहरू ? मास्क र सेनिटाइजर त परै जाअोस् उनीहरूलाई यो कोरोना वायरस के हो? यसबाट कसरी जोगिन सकिन्छ ? भनेर पनि संवाद पठाउन सकेका छैनन् ।सब आफ्नो ठाउँ छोडेर केन्द्र तिर लागेका छन् ।उनीहरूलाई के को वास्ता? भाडमा जाअोस् जनता।जनता र जनतंत्रलाई सच्चा मनले सहयोग गर्ने विरलै छन् यहाँ । के नेपालीका ग्रामिण भेकमा बस्ने गरिबहरु नेपाली होइनन् ? यदि हुन भने अहिले सम्म यस्तो महामारी संग बेजान किन ?

तर यस्तो विकट परिस्थितिमा जनतालाई साथ दिरहेका छन् एक युवा नेताले ।गाउँका गरिब र दलितका घर घर पुगिरहेका छन् उनी।आफ्नो ज्यानको प्रवाह नगरी घर घर पुगेर मास्क र आवश्यक सामग्री बाँडिरहेका छन् ।कोरोना वायरस के हो? कसरी यसबाट बाँच्न सकिन्छ भने जनचेतना बाँडिरहेका छन् ।उनीहरूको घरदैलोमा पुगेर उनीहरूको मर्म बुझिरहेका छन् ।उनी हुन् वीरगन्ज महानगरपालिकाका सामाजिक अभियन्ता,नेशनल कोअरडिनेटर अफ भिजिट मधेस तथा युवा नेता अोम प्रकाश सर्राफ ।हृदय
देखि धन्यवाद छ यिनलाई र यिनको समुहलाई
जो आफ्नो समाजको बारेमा सोच्दै उनीहरूको स्वास्थ्यको ख्याल गर्दै कोरोना सम्बन्धि जनचेतना फेलाउँदै मास्क जस्ता अति अावश्यक सामग्री बाँडदैछन् आफ्नो महानगरपालिकाका गरिब,विपन्न र दलितका बस्तीमा गएर।

देशलाई खाँचो छ यस्ता शुभचिन्तक को।जनतालाई आवश्यकता छ यस्ता अभियन्ताको ,कार्यकर्ताकाे र नेताको। कोरोनाले महामारीको रुप लिइसकेको छ।को बाँच्छन् को बाँच्दैनन् ठेगान छैन।दुनियाँमा त्राहिमाम छ।यो कठिन परिस्थितिमा सबैले आ आफ्नो ठाउँबाट कोरोना वायरसलाई निर्मूल पार्न तिर लागौ।भनिन्छ हरेक कुराको expiry date हुन्छ ।यसको पनि पक्कै होला।ईश्वरले सबको रक्षा गरुन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here