सर्लाही , १३ चैत । देशभरि अहिले कोरोना भाइरसको त्रास फैलिएको छ ।सरकारले स्थानीय प्रशासन मार्फत सम्बन्धित जिल्लाहरुमा लकडाउन र नेपाल भारत सिमानाकाहरु बन्द गराएको छ ।यस्तो संबेदनशिल समयमा मौका छोपेर कालाबजारी गर्ने ब्यापारीहरु माथि कडा कारबाही गर्न सर्लाहीको सदरमुकाम मलंगवामा सोमबार बजार अनुगमन गरिएको छ । उद्योग वाणिज्य संघ मलंगवाको अगुवाई , नगरपालिकाको सहयोग तथा सरोकारवाला निकायका प्रतिनिधिहरुको रोहवरमा मलंगवा स्थित बसपार्क नजिकैको जनसागर बजारको अनुगमन गरिएको छ ।
उद्योग वाणिज्य संघ मलंगवाका बरिस्ठ उपाध्यक्ष जितेन्द्र कुशवाहाको नेतृत्वमा वडा न(९ का वडाध्यक्ष दिपलाल महतो लगायत सरोकारवाला निकायका प्रतिनिधि , प्रहरी तथा स्थानीय पत्रकारहरु सम्मलित टोलीले आलु(प्यजको गद्दी , तरकारी र माछामासु पसलको निरिक्षण गरेका थिए ।त्यस्ता पसलेहरुले लकडाउन र सिमानाका बन्द भएर बजारमा सामान आउन बन्द भएको बहानाबाजि गरेर दोब्बर भाउ बढाएर सामान बेचेको पाइएको अनुगमन टोलीका अगुवा एवं उ।वा।मलंगवा संघका बरिस्ठ उपाध्यक्ष कुशवाहाले बताए ।खसिको मासु बेच्नेले किलोमा १ सय रुपैया, माछा ब्यापारीले १ सय देखि २ सय रुपैया र तरकारी ब्यापारीले अघिपछिको भन्दा दोब्बर भाउ बढाएर बिक्री गरिरहेको पाइएकोले उनीहरुलाई यस्तो नगर्न भनी सम्झाएर दोस्रो पटक पनि यसैगरी उपभोक्ताहरुलाई ठगेर कालोबजारी गरेको पाइएको खण्डमा नेपाल सरकारको कानुन अनुसार कार्यवाही गर्ने चेतावनी दिएर पहिलो पटकको लागि छाडेको उहाँले बताउनुभयो ।