रौतहट १९ फागुन । रौतहट जिल्ला प्रहरी कार्यालय गौरका गस्तीटोलीले ठुुलोमात्रामा लागुुऔषध नाईटेभेट टयाबलेट सहीत एकजना युवकलाई पक्राउ गरेको छ ।
गौर स्थित बसपार्कमा चेकजाँचको क्रममा गस्तीटोलीले गौर नगरपालिका वडा ४ टिकुलियाका २७ बर्षिय चन्द्रकान्त गिरीलाई नाईटेभेट टयाबलेट सहीत प्रहरीले पक्राउ गरेको हो ।
चेकजाँचमा गिरीले बोकेको कालारंगको छालाको ब्याग बाट १३सय ३५ टयाबलेट लागुुऔषध नाईटेभेट बरामद भएको जिल्ला प्रहरी प्रवक्ता डिएसपी नविनकार्कीले बताएका छन ।
गिरी उपर लागुुऔषध संबन्धी मुद्धा दर्तागरी जिल्ला अदालत गौर बाट म्याद थमाएर अनुुसंधान सुुरु गरीएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।