रौतहट । फागुन १९ । प्रदेश २ सरकारको ‘मुख्यमन्त्री बेटी पढाऊ, बेटी बचाऊ अभियान’ अन्तर्गत छोरी शिक्षा बिमा मुद्वती बचत शिविर वृन्दाबन नपामा सम्पन्न भएको छ ।
बृन्दाबन नपाको प्रांगणमा पहिलो दिन वाड नम्बर १,२ र ३ को लागि शिविर राखिएको थियो जसमा ६० जना छोरीहरूको विमा गरिएको थियो ।
दोस्रो दिन हर्दियामा ४४ जना र आज तेस्रो दिन फागुन १९ गते वडा नम्बर ६ , ७,८ र ९ को शिविरवडा कार्यालय सखुअवा धमौरामा शिविर संचालन गरिएको थियो जसमा करिब १९६ छोरीहरुो विमा गरिएको बेटि पढाउ ,बेटी बचाउ अभियान रौतहटका संयोजक कृष्णा साहले जानकारी गराए ।
नगर भरिमा जम्मा ३ सय भन्दा बढी छोरीहरुको विमा गरिएको स्वास्थ्य संयोजक इदमह्मदले बताए । २०७५ माघ १ गतेपछि जन्मिएका छोरीहरूलाई सो बिमा कार्यक्रममा सहभागी गराइएको थियो ।
बिमा कार्यक्रम अन्तर्गत प्रभु बैंकले छोरीको नाममा एक हजार रुपैयाँ जम्मा गरेर खोलेको खातामा प्रदेश सरकारले ३ लाखको लागि पर्ने प्रिमियम जम्मा गर्नेछ ।
सो रकम छोरी मावि तह उत्तीर्ण भएपछि मात्र अभिभावकले निकाल्न पाउने बताईएको छ । सो रकम निकाल्न छोरीको उमेर २० वर्ष भएको हुनुपर्ने नियममा भनिएको छ ।
यस अवसरमा वडा नम्बर ६ का वडाध्यक्ष शेख असलम ,वडा नम्बर ७ का वडाध्यक्ष जयमंगल पंडित, वडा नम्बर ८ का वडाध्यक्ष दिनानाथ महतो,वडा नम्बर ९ का वडाध्यक्ष नाजिर हुसैन लगायतका वडावासीहरु ,राजनीतिक दलका प्रतिनिधि ,भद्रभलादमी को सहभागीता रहेको बृन्दावन नपाका स्वास्थ्य सह संयोजक रामनरेश प्रसाद यादवले जानकारी गराए ।
वृन्दाबन नपामा ३ दिन सम्म संचालन हुने शिविरमा बिमा हुने छोरीहरूको घरमा सुबिसु द्वारा तीन महिनाको लागि फ्रि वाईफाई जडान गरिने जानकारी गराईएको थियो । बिमा शिविरमा बालिकाहरूको लागि निशुल्क स्वास्थ्य शिविर पनि संचालन गरिएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here