जनकपुर, ७ फागुन ।
धनुषा जिल्लाको सबैला नगरपालिका–२ का स्वर्गिय रामनरायण यादवको पार्थिव शरीर बोकेर पाँच छोरीहरुले दाहसंस्कारका स्थल पुर्याएका छन्।
नेपाली काँग्रेसका क्रियाशिल सदस्य समेत रहेका बुवाको निधनपछि यादवको पाँच जना छोरीले दाहसंस्कारका लागि खोलासम्म पुर्याएका छन् ।
हिन्दु तथा मधेसी समाजमा पार्थिव शरिर दाहसंसकार स्थ्ललसम्म छोराले काँधमा चलन छ । तर पुरानो चलनलाई चुनौती दिँदै बुवाको शव बोकेर छोरी दाहसंस्कार स्थलसम्म पुग्नुलाई महिला सशक्तीकरणको रूपमा विश्लेषण सामाजिक संजालमा गरिँदैछ।
स्थानीयका अुनसार दाहसंस्कार कसरी गर्ने विषयमा गाउँमा छलफल भएको थियो । छोरा नभएकाले रामनारायणको पार्थिव शरीर दाहसंस्कार स्थलसम्म छोरीले नै पुर्याउने निष्कर्ष निकालियो। पछि छोरीहरूले समेत चासो देखाएर उनीहरू आफैँ दाहसंस्कार गर्न बुवाको पार्थिव शरीर बोक्न तयार भए।
जेठी छोरी ४० वर्षीया नेपुर यादव, माइली छोरी ३७ वर्षीया राजदेवी यादव, साहिँली छोरी ३५ वर्षीया प्रमिला यादव, काहिँली छोरी ३२ वर्षीया अनिता यादव र कान्छी छोरी ३० वर्षीया गोरकी यादवले बुवाको पार्थिव शरीर बोकेर दाहसंस्कार स्थलसम्म पुर्याएका थिए। स्वर्गिय रामनारायणको पार्थिव शरीर दागबत्ती उनकै श्रीमती राधिका देवीले दिएकी छन्।