रौतहट २८ माघ । प्रदेश २ सरकारको ‘मुख्यमन्त्री बेटी पढाऊ, बेटी बचाऊ अभियान’ अन्तर्गत छोरी शिक्षा बिमा कार्यक्रम आज मंगलवार राजपुर नगरपालिकामा सुरु भएको छ।
रौतहटको राजपुर नगरपालिका वडा नं ३ राजपुर डमार चोक स्थित स्वास्थ चौकीबाट नगर प्रमुख शेख सकिल अख्तर तथा निमित प्रमुख प्रशासकिय अधिकृत बौजु ठाकुरले संयुक्त रूपमा सो कार्यक्रमको उद्घाटन गरेका हुन्। कार्यक्रममा पहिलो दिन लगभग ६० जना छोरीको बिमा गरिएको निमित प्रमुख प्रशासकिय अधिकृत ठाकुरले रेड खबरलाई जानकारी दिए ।
प्रदेश सरकारले यसअघि अभियानअन्तर्गत २०७५ माघ १ पछि जन्मेको छोरीहरूको १ लाखको शिक्षा बिमा गरिदिने घोषणा गरेकोमा उक्त रकम बढाएर तीन लाख रुपैयाँ र्पुयाइएको हो ।
निमित प्रमुख प्रशासकिय अधिकृत ठाकुरले छोराछोरीबीचको भेदभाव हटाउँदै महिला हिंसाका घटना न्यूनीकरण गर्नका लागि प्रदेश सरकारले बेटी पढाऊ, बेटी बचाऊ अभियान सुरु गरेको
आज मंगलबार राजपुर नगरपालिका वडा नम्बर ३ डमारमा सो शिविर संचालन भएको र बाकी दिन पनि सोही ठाउँमा शिविर सुरु सुने निमित प्रमुख प्रशासकिय अधिकृत ठाकुरले रेड खबरलाई बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here