कपिलवस्तु १९ माघ । शिवराज नगरपालिका–५ चन्द्रौटाबाट लागूऔषधसहित प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । आइतबार बिहान २ सय ६९ क्यापसुल लागूऔषधसहित प्रहरीले दुई जनालाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा रुपन्देही गैडहवा गाउँपालिका–९ निवासी वर्ष १९ का अनिल सुनार र सल्यान त्रिवेणी गाउँपालिका–१ निवासी वर्ष १८ का कुमार चलाउने रहेका छन् । कृष्णनगरबाट बुटलवतर्फ जाँदै गरेका उनीहरुको साथबाट ट्रामोल १ सय ९० ट्याब्लेट, नाइट्रेट ७९ ट्याब्लेट बरामद गरिएको वडा प्रहरी कार्यालय चन्द्रौटा प्रमुख मोतिलाल योन्जनले जानकारी दिनुभयो ।
पक्राउ परेका दुवै जनामाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।