रौतहट १९ माघ । रौतहटको माधवनारायण नगरपालिकामा आजदेखी छोरी शिक्षा विमा कार्यक्रम सञ्चालन भएको छ । प्रदेश २ को सरकारले ‘बेटी पढाउ, बेटी बचाऊ’ कार्यक्रम अन्तर्गत सञ्चालनमा ल्याएको छोरी शिक्षा विमा कार्यक्रम आजदेखी माधवनारयण नगरपालिकामा पनि शुरु भएको छ । नगर प्रमुख विरेन्द्र यादवले आज एक कार्यक्रमका बिच वडा नं २ खेसरहियाबाट छोरी शिक्षा विमा कार्यक्रमको उदघाटन गरेका हुन । मेयर यादवले उदघाटन गरेसँगै माधवनारायण नगरपालिकाको खेसरहियाबाट छोरी विमा शिक्षा शिविर शुरु भएको छ । खेसरहिया वडा कार्यालयको प्रांगनमा आयोजित छोरी शिक्षा विमा शिविरमा तिनवटा वडाका २०७५ माघ १ गतेपछि जन्मेकी छोरीहरुलाई विमा गरिएको छ । शिविरको पहिलो दिन अजाज दिपही,खेसरहयिा र सखुअवाको गरी जम्मा ६० जना छोरीको शिक्षा विमा गरिएको छोरी शिक्षा विमा कार्यक्रमका कार्यक्रम अधिकृत राजदेव मुखियाले बताएका छन । आजदेखी शुरु भएको विमा शिविर तिनदिनसम्म सञ्चालन हुने छ । भोली वडा नं ४ मिठुअवामा र पर्सि वडा नं ६ माधोपुरमा शिविर सञ्चालन हुने कार्यक्रम अधिकृत मुखियाले बताए । मिठुअवामा सञ्चालन हुने शिविरमा मिठुअवा सहित विशुनपुर्वा मानपुर र लउकाहाकी छोरीहरुलाई विमा गरिनेछ भने माधोपुरमा आयोजना हुने शिविरमा माधोपुर सहित पिप्रा रजवाडा र गढोकी छोरीहरुलाई विमा गरिने कार्यक्रम रहेको छ । शिविरमा छोरीलाई विमित गराउनको लागि बच्चा, आमा र बुबाको ६÷६ प्रति फोटो, आमा बुबाको नागरिक्ताको २÷२ प्रति फोटोकपी, बच्चाको जन्मदर्ताको फोटोकपी एक प्रति र वडा कार्यालयको सिफारी पत्र लिएर आउनुपर्ने छ । विमाको लागि आवश्यक पर्ने यी कागजातहरु लिएर नआउनेलाई विमा नगरिने भएको छ । विमा भएको छोरीको घरमा तिन महिनासम्म सुविसुको ईन्टरनेट सेवा निशुल्क गरिएको छ । शिविरमा विमा गराउन नसक्नेले अन्य दिनमा नगरपालिकामा सम्पर्क गरेर पनि विमा गराउन सक्ने व्यवस्था गरिएको नगरपालिकाका नायब सुब्बा कृष्णनन्दन यादवले बताउनुभयो । शिविरको उदघाटन कार्यक्रममा नगर उपप्रमुख सिमल कुमारी साह, शिक्षा विमाको जिल्ला संयोजक सोभा देवी, वडा नं ३ का अध्यक्ष राजकुमार यादव, २ का अध्यक्ष नन्हक सहनी लगाएतको सहभागिता रहेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here