कास्की १९ माघ । मासु पसलमा जुवातास खेलिरहेको अवस्थामा प्रहरीले ९ जनालाई पक्राउ गरेको छ । पोखरा महानगरपालिका–९ दरबार थोकको एक मासु पसलबाट शनिबार दिउँसो प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो ।

स्याङ्जा चापाकोट नगरपालिका–५ घर भइ पोखरा महानगरपालिका–८ सृजना चोक बस्ने ३३ वर्षीय कमल गिरीलगायत ९ जनालाई ज्ञानहरि आचार्यको मासु पसलबाट पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।

उनीहरुको साथबाट नगद ४८ हजार ६ सय ३५ रुपैयाँ र ४ बुक तास बरामद गरिएको छ । यस सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here