बारा १९ माघ । इलाका प्रहरी कार्यालय सिमराले पेस्तोल सहित एक जनालाई पक्राउ गरि सार्वजनिक गरेको छ। पक्राउ पर्नेमा जीतपुरसिमरा उपमहानगरपालिका ११ का दीपलाल राम रहेको प्रहरीले जनाएको छ। कार्यालयमा पत्रकार सम्मेलन आयोजना गरेर प्रहरी नायव उपरीक्षक गोविन्द पुरीले उनलाई सार्वजनिक गरेका हुन्। विशेष सूचनाको आधारमा रामलाई आफ्नै घरबाट पक्राउ गरिएको पुरीले जानकारी दिए। रामको साथबाट नलकटुवा पेस्तोमा लाग्ने ६ थान गोली बरामद भएको प्रहरी नायव उपरीक्षक पुरीले जानकारी दिए। घरको खाट मुनी लुकाई राखेको अवस्थामा पेस्तोल र गोली बरामद गरिएको प्रहरीले जानकारी दिएको छ। पक्राउ परेका रामको बिषयमा थप अनुसन्धान भईरहेको पुरीले जानकारी दिए। त्यस्तै, प्रहरीले गाँजासहित २ जना पक्राउ गरेको छ। पक्राउ पर्नेमा निजगढका मंगल सिंह तामाङ र रौतहटका गनहर बैठालाई जीतपुरसिमरा उपमहानगरपालिका(२१ बाट पक्राउ गरिएको प्रहरीले जनाएको छ। त्यस्तै, प्रहरीले ठगी गर्ने एक पक्राउलाई पक्राउ गरेर सार्वजनिक गरेको छ। पत्रकार सम्मेलनमा नक्कली नागमणि देखाइ सर्वसाधारणलाई ठगि गर्ने कलैयाका फुलसरिक मिया धोबिलाई प्रहरीले सार्वजनिक गरेको हो। उनलाई जीतपुरसिमरा उपमहानगरपालिका(१ स्थित पथलैयाबाट नियन्त्रणमा लिइएको प्रहरी नायव उपरीक्षक पुरीले जानकारी दिए। घटनाका बारेमा थप अनुसन्धान भइरहेको उनले बताए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here