सर्लाही,१४ माघ । प्रदेश नं२ सरकारले ल्याएकाे बेटी पढाउ, बेटी बचाउ अभियानको “छोरी शिक्षा बिमा कार्यक्रम” सफलताका साथ हरिपुर नगरपालिकामा सम्पन्न भएको छ ।
माघ १३ र १४ गते हरिपुर नगरपालिका सर्लाहीमा नगर प्रमुख जमिरुदिन मंसुरको अध्यक्षतामा सम्पन्न शिविरमा नगरभित्रका छाेरीहरुकाे बिमा गरिएको हाे । प्रदेश सांसद संजय रायकाे प्रमुख अतिथियतामा सम्पन्न कार्यक्रमकाे बिशिस्ट अतिथिका रुपमा नगर उपप्रमुख रेनुका देवी काफ्ले, तथा प्रमुख प्रशासकीय अधिकृत उदय प्रसाद देवकोटा लगायत सम्पुर्ण वडाका अध्यक्षहरु , नगरपालिका कर्मचारीहरू सम्बन्धि नगरपालिकाका प्रहरी निकायका प्रहरीहरू लगायतको उपस्थितिमा रहेको थियाे ।