रौतहट १४ माघ । नेकपा नेत्रविक्रम चन्द विप्लवु समूहका रौतहट सेक्रेटरी दस्ताबेज तथा बम विस्फोटका सामग्रीसहित रौतहट जिल्ला सेक्रेटरी र जिल्ला सदस्य मंगलबार बिहान पक्राउ परेका छन्। इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरले बिहान पत्रकार सम्मेलन गदै उनीहरूलाई सामानसहित सार्वजनिक गरेको हो। इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरबाट गएको प्रहरीटोलीले रौतहट जिल्ला सेक्रेटरी कालिकोट जिल्लाको साविक स्युना गाविस(४ निवासी ३४ वर्षीय निर्मला शाही सिसम सृजना शाही भन्ने दिर्शाना कुमारी शाही र जिल्ला सदस्य चन्द्रपुर नगरपालिका(३ इपिलघारी बस्ने ३९ वर्षीय दुर्गा बललाई पक्राउ गरेको पत्रकार सम्मेलनमा डिएसपी हेम बहादुर शाहीले जानकारी दिए। सेक्रेटरी सृजना शाहीलाई चन्द्रपुर नगरपालिका(३ स्थीत ईन्द्र थिङको घरबाट र दुर्गा बललाई उनको आफनै घरबाट पक्राउ प्रहरी नायब उपरीक्षक शाहीले बताए। उनीहरूको साथबाट पार्टीको दस्ताबेज, चन्दा माग्ने चिठी, सातवटा मोबाइलको सिम, ३ थान मोबाइल, बिजुलीको तारलगायतका सामानहरू बरामद गरेको डिएसपी शाहीले जानकारी दिए। उक्त समूहले गत पुस १३ गते गुजरा नगरपालिका(९ जुगौलियामा एनसिएलको टावरमा आगजनी र २०७५ माघ १३ गते चन्द्रपुर नगरपालिका(२ कलटोलमा रहेको एनसेलको टावरमा आगजनी गरेको प्रहरीको दाबी छ। उनीहरूलाई मुलुकी अपराधसंहित २०७४ को परिछेद २६ मा अपाराधी प्रवेश र अपराध उपद्रो समूहको कसुर दफा २८५ को उपदफा ३ अनुसार मुद्दा दर्ता गर्ने तयारी रहेको डिएसपी शाहीले जानकारी दिए। उक्त कसुरबापत उनीहरूलाई दुई वर्षदेखि पाँच वर्ष कैद र २० हजारदेखि ५० हजारसम्म जरिवाना हुने प्रावधान रहेको उनले जानकारी दिए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here