रौतहट, १४ माघ ।
बाढीपिडितलाई सहयोग, अग्निपीडितलाई सहयोग गर्दै रौतहटमा लोकप्रिय् मेयरको रुपमा रहेको माधव नारायण नगरपालिकाका मेयर विरेन्द्र राय यादवले आफना नगरका जेष्ठ नागरिकहरुलाई कम्बल वितरण गरेका छन् ।
मेयर यादव आफना नगरपालिकाको वडा नम्बर ३ भेलहि गाउँका ३० जना जेष्ठ नागरिक, अति पिडितहरुलाइ कम्वल सहयोग गर्नु भएको छ ।
जाडोमा कष्टकर जीवन बिताइरहेका बेला परिवारहरुलाई राहत स्वरुप कम्बल बाडदै आएका मेयर यादवलाई दयालु स्वभावका धनी ब्यक्तित्वको रुपमा रहेको प्रतिक्रिया जेष्ठ नागरिकहरुले दिएका छन् ।