आरके श्रीवास्तव ।
गरुडा,१३ माघ ।
मुख्यमन्त्री तथा मन्त्रीपरिषदको कार्यालय प्रदेश २ जनकपुरधाम धनुषा नेपालकके आयोजना र प्रभु बैंकको वितीय सहकार्यमा प्रदेश सरकारको ‘मुख्यमन्त्री बेटी पढाऊ, बेटी बचाऊ अभियान’ अन्तर्गत छोरी शिक्षा बिमा र मुद्वती बचत शिविर गरूडा नपामा आज दोस्रो दिन पनि जारी रहेको छ । गरूडा नगरपालिका वडा नं. १, २ र ३ को लागि मावि गेडहीगुठी मा शिविर राखिएको थियो । यस अवसरमा गरूडा नपाका मेयर ईन्नु राय यादव ,उपमेयर रंगिला देवी जयसवाल,गरूडा नपा वार्ड नम्बर १ का वडाध्यक्ष सरोज यादव,वडा नम्बर २ का वडाध्यक्ष विष्णुदेव सहनी,वाड नम्बर ३ का वडाध्यक्ष कृष्ण कुमार सहनी,मावि गेडहीगुठी का प्रअ रेणु गुप्ता सहति भद्रभलादमी,राजनैतिक दलका प्रतिनीधी,वडावासीहरुको सहभागिता रहेको थियो । शिविर कार्यक्रममा पहिलो र दोस्रो दिन गरि जम्मा २ सय २५ जना छोरीको बिमा गरिएको गरूडा नपाका पञ्जीकरण तथा सामाजिक विकास शाखा प्रमुख राजबहादुर ठाकुरले जानकारी गराए । २०७५ माघ १ गतेपछि जन्मिएका छोरीहरूलाई सो बिमा कार्यक्रममा सहभागी गराइएको थियो । बिमा कार्यक्रम अन्तर्गत प्रभु बैंकले छोरीको नाममा एक हजार रुपैयाँ जम्मा गरेर खोलेको खातामा प्रदेश सरकारले १३ हजार जम्मा गर्नेछ भने त्यतिकै रकम बराबर गरूडा नपाले पनि जम्मा गरि बिमा दोब्बर गरेको हो । सो रकम छोरी मावि तह उत्तीर्ण भएपछि मात्र अभिभावकले निकाल्न पाउने बताईएको छ । सो रकम निकाल्न छोरीको उमेर २० वर्ष भएको हुनुपर्ने नियममा भनिएको छ । २० वर्षमा १४ हजार रुपैयाँबाट बढेर सवा एक लाख रुपैयाँ हुनेछ र गरूडा नपाले दोब्बर बिमा रकम गरेपछि करिब ढाई लाख रूपैयाँ प्राप्त हुनेछ । भोली माघ १४ गते वडा नम्बर ४,८,९ को शिविर वडा कार्यालय बसबिट्टी जिंगडिया मा संचालन हुने गरूडा नपाका ठाकुरले जानकारी गराए । गरूडा नपा ३ दिन सम्म संचालन हुने शिविरमा बिमा हुने छोरीहरूको घरमा सुबिसु द्वारा तीन महिनाको लागि फ्रि वाईफाई जडान गरिने जानकारी गराईएको थियो । रौतहटको गरुडा नगरपालिकामा आयोजित तीन दिवसीय छोरी शिक्षा बिमा मुद्धती बचत खाता कार्यक्रमको पहिलो दिन नगर प्रमुख इन्नु राय यादवले गरुडा नगरपालिकामा बिमाको रकम दोब्बर हुने घोषणा गरेका थिए । तीन दिनसम्म चल्ने शिविरमा बिमा गरिने छोरीको रकममा प्रदेश सरकारले दिएको रकम बराबर नगरपालिकाले पनि थप गरी छोरीको खातामा दोब्बर रकम जम्मा हुने मेयर यादवले बताएका थिए ।