ललितपुर १० माघ । लागूऔषधसहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ । ललितपुर ठैव हरिसिद्धी डेरा बस्ने काभ्रेपलाञ्चोक नमोवुद्ध नगरपालिका–६ घर भएका २४ वर्षीय श्याम तामाङलाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको हो ।
तामाङको साथबाट डाइजेपाम ४० एम्पुल, नुर्फिन ४० एम्पुल र फेनारगन ४० एम्पुल बरामद गरिएको प्रहरीले जनाएको छ । तामाङले अवैध लागूऔषधको कारोबार गर्दै आएको भन्ने सूचनाको आधारमा महानगरीय प्रहरी परिसर ललितपुरबाट खटिएको प्रहरीले उनको कोठा तलासी लिने क्रममा लागूऔषध भेटिएको हो ।
आगूऔषध मुद्दामा तामाङमाथि थप अनुसन्धान भइरहको प्रहरीले जनाएको छ ।