काठमाडौं, ७ माघ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उर्लाबारी मोरङमा कार्यरत प्रहरी हवल्दार राजु श्रेष्ठविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ। काठ फर्निचरको कारोबारमा सहजीकरण गरिदिने भन्दै श्रेष्ठले सेवाग्राहीसँग‍ ८ हजार घुस मागेको अभियोग लागेको छ। आयोगले केही दिन पहिले श्रेष्ठलाई घुस रकमसहित पक्राउ गरेको थियो। आरोपीविरुद्ध बिगो अनुसारको कारवाहीको माग गर्दै विशेष अदालतमा मंगलबार मुद्दा दायर गरिएको आयोगका प्रवक्ता प्रदीप कुमार कोइरालाले जानकारी दिए। सभार थाहा खबर

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here