रौतहट, ६ माघ । प्रदेश २ सरकारले ल्याएको मुख्यमन्त्री अभियान “बेटी पढाउ बेटी बचाउ ” अन्तगर्त ‘छोरी बिमा’ कार्यक्रम रौतहटको बौधिमाई नगरपालिकामा सोमबारदेखि सुरु भएको छ ।
प्रदेश माननीय राम किशोर यादवको प्रमुख आतिथ्यमा बौधिमाई नगरपालिकामा रहेको स्वास्थ्य चौकी ईनर्वाको प्राङगनबाट सो अभियान संयुक्त उद्घाटन गराई सुरु गरिएको छ।
माघ ३ गतेबाट सरकारको यो अभियान सुरु गरियो,’सो अभियान बौधिमाई नगरपालिकाको आयोजना तथा प्रदेश सरकारको सहयोगमा ६,७ र ८ गते सम्म चलने नगर प्रमुख राजिव रन्जन यादवले बताए । साथै नगरपालिकामा रहेको जन्मेका छोरीहरुलाई समयमा ल्याइ ‘छोरी बिमा’ गर्न नगर प्रमुख यादवले अग्रह गर्नु भयो ।

प्रदेश सरकारले ८ जिल्लामा कुनै शिक्षाबाट बन्चित न रहोस् साक्षर मात्र होइन शिक्षा हासिल गरि छोरो भन्दा राज्यको ओहदामा पुगोस् सोचका साथ यो कार्यक्रम नेपालमा पहिलो पटक प्रदेश २ सरकारले ल्याएको माननीय रामकिशोर यादवले बताए ।
बिमाको साथै जन्म दर्ता, छोरी भएको घरमा निस्शुल्क इन्टरनेटसमेत जडान गरिएको छ।
कार्यक्रममा रामकिशोर यादवले भने – युवा ,वृद्ध ,महिलाले थाहा भएको कुरा हो कि विश्व मा साक्षरता कम भएको देश नेपाल हो भने प्रदेश नम्बर २का रौतहटमा रहेकी महिला शिक्षाबाट दुर गरिबी का कारण हो।
ईतिहास साक्षी हो कि पुरुष भन्दा महिला शक्तिशाली र संघर्षशिल हुन्छ। प्रदेश सरकारले लोकसेवामा ५० प्रतिशत आरक्षण महिलालाई दिने व्यवस्था लागू गर्ने बताए ।
सबैले आजदेखी संकल्प खाउ अब छोरीलाई पढाउ छोरीलाई आर्थिक बोझको रुपमा हेर्ने चलनलाई तोड्न सरकारले यो कार्यक्रम ल्याएको हो।’उनले भने मन्तव्य बौधिमाई नगरपालिका १का अध्यक्ष गुदर राय यादव, २ का अध्यक्ष रामबाबु प्रसाद कुशवाहा,३का अध्यक्ष श्री भगवान पटेलले राखेका थिए।
कार्यक्रममा उप प्रमुख प्रेमलाता कुशवाहा,प्रमुख प्रशासकीय अधिकृत शरद कुमार भण्डारी , मुख्यमन्त्री बेटी पढाउ बेटी बचाउ अभियानका जिल्ला संयोजक कृष्ण कुमार साह र कार्यक्रम का वितिय सहयोगी प्रभु बैंक लौकाहाको प्रमुख श्री अनुप राज ढुंगेल लगायत रहेको थियो। सो कार्यक्रम नगर प्रमुखको अध्यक्षता भएको थियो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here