जनकपुरधाम, ३ माघ । दिलिप महतो हत्याकाण्डपछि प्रशासनले बन्द गराउँदा अन्यायमा परेको क्रसर व्यावसायीहरुले गुनासो गरेको छ । शुक्रवार क्रसर उद्योग संचालक समितिका वरिष्ठ उपाध्यक्ष सीताराम न्यौपाने नेतृत्वमा मुख्यमन्त्रीलाई ज्ञापनपत्र समेत बुझाएको हो ।
मुख्यमन्त्री लालबाबु राउत नभेटेपछि क्रसर व्यावसायीहरुले सचिवलाई ज्ञापनपत्र बुझाएका हुन् । उद्योग व्यवसाय संचालनमा अवरोध श्रृजना गरेको भन्दै धनुषा, महोत्तरी, सर्लाही र सिन्धुलिका व्यवसायीहरुले कामकाज ठप्प गरी आन्दोलनमा उत्रेका छन् । उनीहरुले कानूनी प्रक्रिया पुर्याउर क्रसर चलाउँदा पनि अवरोध गरेको व्यावसायीहरुको गुनासो छ ।
गत्त सत्ता जथाभावी भइरहेको खोला उत्खनन्को विरोध गर्दा अभियन्ता दिलिप महत्तोको हत्या भएको थियो । त्यस लगत्तै जिल्ला प्रशासन कार्यालय र प्रदेश सरकारले क्रसर बन्द गर्न निर्देशन दिएको थियो । अहिले सबै क्रसर उधोग प्रशासनले बन्द गराएको छ ।
अर्बौको क्षति हुँदै आएको भन्दै धनुषा, महोत्तरी, सिरहा र सर्लाही गरी चार जिल्लाको क्रसर व्यवसाय नै समाप्त हुने खतरामा रहेको क्रसर उद्योग सञ्चालक समिति जनकपुरधामले जनाएको छ । समितिले गत पुस २५ गते धनुषाको मिथिला नगरपालिका वडा नम्बर ५ औरही खोलामा भएको घटनामा संलग्न दोषीहरु माथि कडा कारबाही गर्न माग समेत गरेको छ ।
अपराध गर्ने क्रसर व्यावसायीलाई कारबाही गर्नुपर्ने तर मापदण्ड अनुसार संचालनमा रहेका क्रसर उधोगहरुलाई चलाउन दिनुपर्ने व्यावसायीहरुले माग राखेका छन् । उनीहरुले देशभर नै क्रसर उधोगको नविकरण बन्द गरेकाले नविकरण गर्न नदिएर चलाउन दिनुपर्ने उनीहरुको भनाई छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here