रौतहट २ माघ । प्रदेश २ का भूमि व्यवस्था कृषि तथा सहकारी राज्य मन्त्री योगेन्द्र यादवले गृह जिल्ला रौतहटमा आज जेष्ठ नागरिकहरुलाई ७० थान कम्बल वितरण गरेका छन ।
चिसोबाट बाच्न राज्य मन्त्री यादवले आज एक कार्यक्रमको आयोजना गरी रौतहटको माधवनारायण नगरपालिका वडा नं २ खेसरहीयामा ३५ र गढिमाई नगरपालिका वडा नं ७ धर्मपुरमा ३५ गरी ७० परिवारका वृद्धवृद्धाहरुलाई कम्बल वितरण गरेका हुन । चिसोबाट खास गरेर अहिले वृद्धवृद्धाहरु सबभन्दा बढी प्रभावित भएको भन्दै उनिहरुलाई चिसो छल्न राज्य मन्त्री यादवले आज एक कार्यक्रम गरी कम्बल वितरण गरेका हुन । यसैविच खेसरहीयामा आज राजपा र नेकपा परित्याग गरी दर्जनौ व्यक्ति समाजवादी पार्टीमा प्रवेस गरेका छन । स्थानीय विरयानन्द यादवको अध्यक्षतामा राजपा र नेकपा परित्याग गरेर ३० जनाभन्दा बढी व्यक्ति समाजवादी पार्टीमा प्रवेस गरेका छन । पार्टी प्रवेस गर्नेहरुलाई समाजवादी पार्टीका केन्द्रिय सदस्य एवं समाजवादी युवा संघका केन्द्रिय अध्यक्ष समेत रहेका कृषि राज्य मन्त्री योगेन्द्र यादव टिका माला लगाएर पार्टीमा स्वागत गरेको मन्त्री यादवका विकास प्रतिनिधि राम नरेश यादवले बताएका छन ।