आरके श्रीवास्तव।
राैतहट,२९ पाैष ।
रौतहट जिल्लाको मौलापूर नगरपालिका वार्ड नं।९ श्री जनता मा बि सोनरनीयामा अन्तरक्रिया , बिद्यालय विकास र गुणस्तरीय शिक्षा सम्बन्धी छलफल तथा भेटघाट कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रममा नेपाल कम्युनिस्ट पार्टी ९नेकपा० प्रदेश नं।२ का अध्यक्ष एवं पूर्व मंत्री प्रभु साह प्रमुख अतिथिको रुपमा रहनु भएको थियो। विद्यालय व्यवस्थापन समितिका अध्यक्ष राजाराम साह को अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा अभिभावक भेला बोलाइएको थियो । बिगत १० महिना देखी बिबादीत रहेका शिक्षक भर्नाका बिषयमा अभिभावकहरुको भेला बोलाइएको थियो ।
भेलालाई सम्बोधन गर्दै रौतहट क्षेत्र नं।३ का सांसद समेत रहेका नेता साहले सोनरनिया मा बि मा गुणस्तरीय शिक्षाका लागि विद्यालयलाई चाहिने विद्यार्थीको अनुपातमा शिक्षक दरबन्दी व्यवस्थापन गर्ने, भौतिक पूर्वाधारका संसाधनहरु उपलब्ध गराउने, विद्यार्थिहरुको लागि आवसश्यक पर्ने शैक्षिक सामग्री को साथै पोशाक लगायतका सामग्रीहरू उपलब्ध गराउने , प्राविधिक शिक्षामा जोड़ दिने, विद्यालयबाट पाउनु पर्ने सेवा सुबिधालाई प्रभावकारी बनाउने तर्फ जोड़ दिनु भयो। अर्को प्रसंगमा बोल्दै सांसद साहले ूइच वन टीच वनू को बिधिलाई अपनाउन सके निरक्षर को संख्या न्युनिकरण गर्न सकिने बताउनु भएको थियो । एक पढेको ब्यक्तीले अर्को आपढ ब्यक्तीलाई पठन पाठन गराउन सक्यो भने यो बिधिलाई अपनाउन सके नागरपालिका लाई नै पुर्ण साक्षर बनाउन सकिने वहाले बताउनु भयो । यस अवसरमा मौलापूर नपा का उप प्रमुख गौरीशंकर जयसवाल,प्रमुख प्रसाशकीय अधिकृत सिकिन्द्र साह, विद्यालय का प्रधानाध्यापक रामएकबाल राय यादव, समनपुर माबी का प्रअ देवेन्द्र साह मौलापूर न पा वार्ड नं९ का वडाध्यक्ष रामलाल साह,अखिल नेपाल चलचित्रकर्मी संघ प्रदेश नं।२ का अध्यक्ष बिजय कुमार यादव ुनिर्विजु ,प्रदेश नं।२ का प्रदेश कमिटी सदस्य मम्ताज आलम लगायत सयौं अभिभावक, विद्यार्थिहरु , भद्र भलादमी तथा स्थानीयबासिहरू को उपस्थिति रहेको थियो। अन्तरक्रियामा अभिभावकहरुले विद्यालयका प्रअ को चरित्र माथि आरोप लगाउदै तुरुन्त सरुवा गरी विद्यालय को शिक्षा स्तरलाई उकासन पूर्व मंत्री साहलाई अनुरोध गरेका थिए। जवाफ़मा पूर्व मंत्री साहले आफ्नो तर्फ बाट हुन सकने हर संभव प्रयास गरी विद्यालय मा गुणस्तरिय शिक्षा कायम गर्ने तरफ लागन अभिभावकहरु लाई आसवासन दिनु भएको थियो ।