रौतहट, २७ पाैष ।
रौतहट जिल्लाको फतुवा बिजयपुर नगरपालिकाको सितलपुर मेवा सडक खण्डमा निर्मान हुँदै गरेको कल्भर्ट्मा गुन्स्तरिय समान प्रयोग भईरहेको पाइएको छ।आरके कन्स्ट्रक्सनले लिएको ठेक्कामा २ नम्बर इट्टा प्रयोग भएको पाइएको छ।हिलो पर्दा सितलपुर र मेवा जाने बाटोमा सवारी साधन जानको सजिलो होस भन्ने उदेश्यको साथ कल्भर्ट निर्मानले जनता हरु खुशी भएको थियो तर गुन्सतरिय समानको प्रयोग भएको देखेर गुनासो पोखेदै नेकपा को युवा नेता प्रमोद यादवले आरले कन्स्ट्रक्सनलाई राम्रो समान प्रयोग गरेर कल्भर्ट निर्मान गर्न आग्रह गर्दै रेडखबरलाई जनाएको छ। करिब ४८ लाखको ठेक्का लिएको आरके कन्स्ट्रक्सनले बैरगनिया देखि सितलपुर सडक खण्डमा एउटा कल्भर्ट सितलपुर देखि मेवा सडक खण्डमा र सितलपुर देखि मार्यादपुर सड्क खण्डमा कुल मिलाएर ६ वटा कल्भर्ट र २ वटा पूल निर्माण गर्नको लागि ठेक्का लिएको कल्भर्ट निर्मान देखि लिएर पूल निर्मानमा समेत २ नम्बर समान प्रयोग गरिरहेको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here