आरके श्रीवास्तव/रौतहट २४ पाैष ।
रौतहट जिल्लाको फतुवा बिजयपुर नगरपालिकामा आज विहिवार दोस्रो दिन अनिश्चितकालिन तालाबन्दी जारी रहेको छ । आज विहिवार दिउँसो शिक्षक लगायत सैयौंको संख्यामा गएका कर्मचारीहरुले नगरपालिकामा तालाबन्दी गरेका थिए । सात महिना र एक महिनाको दशैं भता समेत गरि आठ महिनाको तलब सुविधा नपाएको भन्दै हिजो बुधवार देखि नै नगरपालिकामा तालाबन्दी गरिएको हो । कर्मचारीहरुको टोली आज जुलुस निकाल्दै बिजयपुर बजारको परिक्रमा गरी कोणसभा आयोजना गरेको थियो । कोणसभामा माबी बिजयपुरका प्रधानाध्यापक सुदामा यादव, शिक्षा संयोजक बुनिलाल यादव,स्वास्थ संयोजक प्रभु नारायण पटेल,शिक्षिका उषा श्रेष्ठले २० गते सम्म आफुहरु लाइ तलब दिने भनिए पनि अहिले सम्म तलब नपाउँदा दुखेसो पोखेदै मन्तव्य राखेका थिए । नगरक्षेत्र अन्तर्गतका तीन माबी, सात निमाबी र २१ वटा प्राविका शिक्षकका साथै अन्य कर्मचारीहरुले गत साउन देखि हालसम्म तलब पाउन नसकेको शिक्षा संयोजक बुनिलाल यादवले बताएका हुन् । शिक्षक लगायतका कर्मचारीले तलब नपाएसम्म नगरपालिकामा लगाइएको ताला नखोल्ने तथा अझ सशत्त रुपमा आन्दोलन बढाइने कर्मचारीहरुले बताएका हुन् । तलव नपाँउदा शिक्षक तथा कर्मचारीलाई खान–लाउन समेत कठिनाई भइरहेको उनीहरुले गुनासो पोखेका हुन् । फतुवा बिजयपुरका मेयर गोपाल प्रसाद यादवले नगरपालिकामा तालाबन्दी भएको स्विकार गर्दै आफू बाहिर रहेको बताउँदै नगरसभा भइरहेकै दिन आफु लाइ जाल झेलमा फसाउनको लागि प्रमुख प्रशासकिय अधिकृत जय चन्द्र साह लाइ सरुवा गरिएकोले कर्मचारीहरु को तलब दिन नसकेको मेयर यादवले बताउनु भएको हो । कर्मचारी सरुवा पटक पटक भइरहेकोले नगरपालिकामा यस्ता समस्याहरु आइरहेको बताए । यसलाइ छिट्टै सामाधान गरिने जानकारी गराए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here