रौतहट २३ पुस । रौतहट जिल्लाको राजदेवी नगरपालिकाको चौथो नगर सभा हिउँदे अधिवेशनको उदघाटन सत्र बुधवार संपन्न भएको छ नगर सभा सदस्यहरुको असन्तुस्टिको बाबजूद पनि नगर सभाको पहिलो बैठक शान्तिपूर्ण वातावरणमा भएको छ
तेस्रो नगर सभामा विरोध गर्दै कार्यालयमा तोरफोर गरेकी नगर उपप्रमुख अंशु सिंह को उपस्थतिमा चौथो नगर सभा संपन्न भएको हो स्वागत मंतव्य रखने जिम्मेवारी पाएका नगर उपप्रमुख सिंहले नगर सभा प्रति आफ्नो असन्तुस्टि रहेको बताए गएको र चालू आर्थिक वर्षको हिसाव किताब मांग गर्दा पनि नदिएको र बहुमति प्रणालीले नगर प्रमुखले नगर सभा गैर्न लागेको आरोप लगाए उहाले महिला भएको कारणले नै अधिकारबाट वंचित गर्न प्रयास भैरहेको आक्रोश पोखे १ नगर प्रमुख धीरेन्द्र कुमार सिंहले आर्थिक वर्ष २०७६ र ०७७ को लागि २ करोड़ ९० लाख ६७ हजार ८०० सय रुपैयाको बजेट प्रस्तुत गरे प्रमुख सिंहले मधेशवादी दलको दुइ तिहाई सहभागिता रहेकोले आफु माथि लगाइएको आरोप गलत रहेको दावी गरे नया नगरपालिका रहेकोले विभिन्न किसिमको समस्या रहेको बताउँदै निर्वाचित नगर सभा सदस्यहरुलाई आफ्नो दायित्व निर्वाह गर्नु पर्ने सुझाव दिए

कार्यक्रममा नेकपाका नगर अध्यक्ष विश्वनाथ साहले पारदर्शी रुपमा कार्य नभईरहेको आरोप लगाए उनले वड़ा नम्बर ६ का अध्यक्षले विना जानकारीको उपभोक्ता समिति बनाएर बजेट खर्च गर्ने गरेकोले खुल्ला रुपमा जनताको विचमा उपभोक्ता समिति गठन गर्ने प्रक्रिया लागू गराउन मांग गरे

समजवादी पार्टीका नगर अध्यक्ष रामेश्वर प्रसाद यादवले खर्चको पारदर्शिता न्यून रहेको भन्दै आलोचना गरे उहाले बागमती नदीको उच्च जोखिममा रहेकोले दीर्घकालीन योजनाको साथ पारदर्शी ढंगबाट अगाडी बढ्नु पर्ने सुझाव दिए समाजसेवी नविन कुमार सिंहले पर्यटनको विकासमा नगरपालिकाले लगानी गर्नु पर्ने बताए राजदेवी मंदिर सवै भन्दा पुराणों शक्ति पीठको रुपमा प्रसिद्द रहेकोले नेपाल भ्रमण वर्ष मनाई रहदा यसको संरक्षण ,प्रवर्धनमा ध्यान दिन आग्रह गरे

समाजसेवी सिंहले आरोप प्रत्यारोपको चाकरमा आफ्नो दायित्व भुलाउने र जनता झुक्याउने कार्य न गर्न जनप्रतिनिधिहरुलाई सुझाव दिदै आगामी दिनमा जनमत दिएका जनताले हिसाव किताब माग्ने बताए आफ्नो विचार राख्दै संचारकर्मी राकेश कुमार यादवले दुइ वर्षको अवधिमा गरेको विकास कार्यको गर्भका साथ उदहारण दिन जनप्रतिनिधिलाइ चुनौती दिए

मातृभाषाको विकास , संस्कृति ,परम्पराको जगेर्ना , धार्मिक स्थलको संरक्षण गरिनु पर्ने स्थानीय सरकारको अधिकार भित्र रहेकोले यस तरफ लगानी गर्न सुझाव दिए पत्रकार यादवले नगरपालिका भित्रमा संचालित रहेको सामुदायिक विद्यालय मध्ये एक विद्यालयलाइ वर्ष भरी सञ्चालन हुने गरी नेपालमा नमूना विद्यालय बनाउन आग्रह गरे नगर सभाको उदघाटन सत्रमा सम्पूर्ण नगरसभा सदस्यको सहभागिता रहेको थियो

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here