रौतहट ,२१ पुस । प्रदेश नम्बर २ सरकार अन्तगर्त रहेको रौतहटको वृदावन नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत नागेन्द्र प्रसाद यादवले विद्यार्थीहरुलाई पोसाक वितरण गरेका छन् ।
वृदावन नगरपालिका – २ मा रहेको श्री नेपाल माध्यमिक विद्यालय विश्रामपुरको १ हजार छात्रछात्रालाई विद्यालय पोसाक वितरण गरिको छ।
रौतहटको पालिका मध्ये प्रथम वृदावन नगरपालिकाले छात्रवृत्ति बापत जाडो यामको मध्यनजर गर्दै पोसाक वितरण गरेका छन् । विद्यालय आउन जान कठिन नहोस् सो को लागि नगरप्रमुखको निर्देशानुसार बाल विकास देखि १०ं२सम्मका विद्यार्थीहरुलाई नगरपालिकाको सहयोगमा २०७६सालको छात्रवृत्ति बापत पोसाक वितरण गरिएको छ।
चुनावी वाचा गरेको नगर प्रमुख रामस्नेही यादवले पूरा गर्दै गएको अनुभुति सम्बन्धि समुदायले गरेको बताए ।
कार्यक्रममा विद्यालय व्यवस्थापन समितिको अध्यक्ष सिकिन्द्र राउत कुर्मी र प्र अ विश्वनाथ पटेलको रोहरमा पोशाक वितरण भएको निमित्त प्रमुख प्रशासकीय अधिकृत नागेन्द्र यादवले बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here