रौतहट, २० पौष । रौतहटको चन्द्रपुर नगरपालिका वडा नं. १ स्थित बाग्मति नदिवाट निर्माण ब्यबसायीले मापदण्ड बिपरित नदिजन्य पदार्थ उत्खनन गरेको छ । निर्माण ब्यबसायीले मापदण्ड बिपरित जथाभावी नदिजन्य पदार्थ उत्खनन् गरी भण्डारण तथा क्रसर उधोगमा विक्रि गरेपछि स्थानिय आक्रोशित भएका छन् । नदिबाट गिट्टि, बालुवा, ग्रयाबेल तथा ढुङ्गा उत्खनन हुँदा बर्षायाममा बाढि गाँउबस्तिमा पस्ने त्रास भएको स्थानीयले बताएका छन् । बाग्मति नदिको प्रारम्भीक बातावरणीय परीक्षण प्रतिवेदनमा तोकिएको भन्दा फरक स्थानबाट नदिजन्य पदार्थ उत्खनन् भएको स्थानीयको भनाई छ ।
दैनिक नदिजन्य पदार्थ उत्खनन् गरी ४५ वटा भन्दा बढि टिपरले ओसार्ने गरेको स्थानीयहरुबासीले बताएका छन । बढिजसो टिफर चल्न थालेपछि दुर्घटनाको खतरा समेत बढेको र सडक बिगारेको भन्दै बस्ति बाट आवातजावत हुने सडक बाट टिफर चल्नमा स्थानीयको रोक लगाएको देब भण्डारीले बताउनु भयो । यस बिषयमा पटक पटक ठेकेदार कम्पनीलाई जानकारी दिँदा समेत बेवास्ता गरेको स्थाीनय भण्डारीले बताउनुभयो । विभिन्न निकायसंगको मिलोमतोमा ठेकेदार कम्पनीले नदी दोहन गरी रहेको उहाँको भनाई छ । हरेक बर्ष झै यस पटक फेरी नदिजन्य पदार्थको उत्खनन हुँदा सरोकारवाला निकायले भने ध्यान नदिएको स्थानीय बताँउछन् ।
नदिजन्य पदार्थ तोकिएको परिणाम भन्दा बढि उत्खनन् गर्दा राजश्वमा कमि हुनुका साथै जोखिमपनि उतिकै रहेको स्थानीय बताँउछन् । चन्द्रपुर नगरपालिका वडा नं। १ का ४० प्रतिशत स्थानीय नदिमानै निहित रहेका छन् । नदिका किनारमा ढुङ्गा उत्खनन गर्नेहरुलाई समेत यसले असर पुगेको छ । ढुंगा कुटदै जिबिका चलाउदै आएका गरिब परिवारलाई पनि दैनिक जिविकोपार्जन गर्न समेत कठिनाई भएको उनीहरु बताउछन ।
सडकमा ग्रभेल हाल्नका लागी नहुने तर नदिबाट भने उत्खनन गर्न पाउने भन्दै स्थानिय महिला समेत आक्रोशित छन् । ठेकेदार कम्पनीले नदिबाट उत्खनन गरिरहदा नदिको धार परिर्वतन हुनुका साथै बाग्मति पुलमा पनि असर पर्ने भन्दै स्थानिय चिन्तित छन् । यस बिषयमा सरोकारवाला निकायले चासो दिनु पर्ने उनीहरुको माग छ । संभार ः गुन्जन एफ.एम. ।