राैतहट, १९ पाैष । जनमत पार्टी रौतहटको शुक्रबार अगुवा नेता कार्यकर्ताहरुको वृहत बैठक सम्पन्न भयो । उक्त बैठकले श्री अशोक कुमार सिंहकाे संयाेजकत्वमा ३७ सदस्यीय जनमत पार्टी जिल्ला तदर्थ समिति रौतहटको गठन गरेको छ ।

साथै पार्टीले श्रीमती रागीनी पाण्डेकाे संयोजकत्वमा महिला जनमत संघ रौतहट तदर्थ समिति गठन गरेको छ ।

रौतहटको चार वटै निर्वाचन क्षेत्रमा जनमत पार्टी क्षेत्रीय समिति गठन गरेको छ । नव तथा महत्वपूर्ण जिम्मेवारी पाउनु हुने श्री बृज किसोर यादव, श्री मनोज गिरी, श्री हेम प्रसाद साह, श्री गुडडु यादव, बिरेन्द्र साह तेली, श्रीमती सकिना खातुन, मो. जमिल अख्तर, श्री जय किसोर साह लगायतका रहेका छन् । बैठकमा जपा केन्द्रीय सदस्य बिरेन्द्र साह, मधेश नेतृत्व पुञ्जका केन्द्रीय संयोजक ललित मल्लिक सानू, दलित जनमत संघका रघुवीर दास, बरिष्ट नेतृत्वका विनय कुमार वर्मा लगायत नेताहरुको आमन्त्रित उपस्थित थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here