काठमाण्डौं, १८ पौष ।
अगामी माघ ७ गते सबै भुक्तानी गरिसक्ने गरि सरकार र आन्दोलनरत उखु किसानबीच सहमति भएको छ ।
आज भएको सरकार र किसान विचको पाँचबुँदे सहमतिसँगै उखु किसानहरुको आन्दोलन स्थगित भएको छ।
उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टको उपस्थितिमा भएको वार्तामा माघ ७ गतेभित्र किसानको बक्यौता रकम उपलब्ध गराउन सरकारले चिनी मिल सञ्चालकसँग समन्वय गर्ने सहमति भएको छ ।
यस्तै उखुको भुक्तानीको समस्या हल गर्न स्वचालित मूल्यबारे अध्ययन गर्ने, सरकारले दिने अनुदान समयमै उपलब्ध गराउन मन्त्रालयले अर्थ र कृषि मन्त्रालयलाई लेखेर पठाउने सहमति पनि भएको छ ।सरकारसँग सहमति भएसँगै काठमाण्डौमा आन्दोलनरत उखु किसानहरुले आन्दोलन स्थगित गर्दै घर फर्कने भएका छन् ।
सहमति पत्र ।