राैतहट, १४ पाैष ।
राैतहटका प्रसिद्ध निमार्ण व्यवसायी शाह दाजुभाइकाे स्वर्गीय आमा रामज्याेती देवीकाे तेह्राै पुन्य तिथिमा पुर्व प्रधानमन्त्री तथा नेकपाका बरिस्ठ नेता माधव कुमार नेपाल श्रद्धाञ्जली दिन सहभागी भएका छन् ।
दुखकाे घडिमा रहेका परिवारजनलाई संवेदना प्रक्ट गर्न शाहकै निवास दुर्गा भगवती गाउपालिका ५ बडर्हवामा अाएका नेता नेपालले शाहकि स्वर्गीय अामा प्रति संवेदना प्रक्ट गर्दै यस्ताे दुखकाे घडिमा परिवारजनलाई धैर्य धारणाको लागि भगवानसंग प्राथना गरेका छन् ।
नेता नेपाल संगै नेकपाका पुर्व सभासष रामकुमार भट्टराई लगायत अन्य नेताहरुकाे उपस्थिति रहेकाे थियो । काठमाडौं लगायत देशका अन्य जिल्लाहरुमा काम गर्दै अाएका अाश्रय निमार्ण सेवा प्रा.लि. बसुन्धाराका प्रबन्धक निर्देशक रामाश्रय शाह तथा शाह निमार्ण सेवा प्रा.लि. राैतहटका प्रबन्धक निर्देशक नागेन्द्र शाहकि अामा रामज्याेति देवीकाे उनकै निवास बडहर्वामा पाैष २ गते निधन भएको थियोे ।
शाहदाजुभाइकाे निवासीमा श्रद्धाञ्जली दिन अन्य पार्टीका नेता तथा कार्यकर्ता लगायत शुभेच्छुक एवम ईष्ट मित्रहरू सहभागी भएका थिए ।
शाह ४ दाजुभाइ रहेका छन् । आमाका आत्माकाेे शान्ति का लागि भाेेेलि शान्ति भाेजकाेे आयोजना गरििएको शाह परिवारले जाानकारी दिएका छन ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here