रौतहट, ११ पुस ।
रौतहटको फतुवा विजयपुर नगरपालिकाले असाढ मसान्तमै हुनुपर्ने नगरसभा आन्तिरिक विवादका विच आज आठ महिना ढिलो गरी मात्र सम्पन्न गरेको छ ।
फतुवा विजयपुर नगरपालिका लक्ष्मीनिया दोस्तीयाको प्रांगनमै नगरपालिकाले आफना नगरसभा आयोजना गरि सम्पन्न गरेको हो ।
नगरसभामा फतुवा विजयपुर नगरपालिकाका नगर प्रमुख गोपाल प्रसाद यादवले यस चालु आर्थिक वर्ष २०७६÷७७ को लागि अनुमानित ५० करोड ४१ लाख ७० हजार ३ सय २३ रुपैया आय व्यय प्रस्तुत गर्नुभएको छ ।
संघिय र प्रदेश सरकारबाट प्राप्त हुने समानीकरण, राजश्व बाँडफाँड, सर्शत अनुदान, विशेष अनुदान, समपूरक अनुदान गरी ५० करोड भन्दा बढी बजेट नगरको समग्र विकासका लागि प्रस्तुत गरिएको नगर प्रमुख यादवले बताए ।
नगरसभामा नगरपालिकाका अधिकांश नगर सदस्यहरु तथा कर्मचारीहरुको सहभागीता रहेता पनि नगर उपप्रमुख कान्ति देवी तथा उनका पक्षधर वडा अध्यक्ष एवम सदस्यहरुको भन्ने सहभागीता रहेको थिएन् ।
असाढ मसान्तमै सबै पालिकालाई नगरसभा गरिसक्नुपर्ने थियो तर जनप्रतिनिधि विच रहेको विवाद लगाएत विभिन्न कारणले हुन नसकेको फतुवा विजयपुर नगरसभा आज मात्र सम्पन्न भएको छ
रौतहटमा रहेको १८ वटा स्थानीयतह मध्ये १६ वटा स्थानीय तह यस अघि नै नगर परिषद गरिसकेको छन् । भने बौधिमाई नगरपालिकाले पनि आजै मात्रै तेस्रो नगरसभा गरेका छन् ।