जनकपुरधाम, ९ पौष ।
प्रशासन सेवामा मात्र नभई सदैव समाजिक सेवामा समेत सक्रिय रहेका एक कुशल प्रशासक प्रमुखको नाम हो प्रदिप राज कणेल ।
रौतहटको भुमिमा जन्मेका प्रदिपराज कणेल जिल्ला प्रशासन कार्यालय प्रमुखमा नभई एक सक्षम र योग्य समाजिक अभियन्ता पनि हुन् । देशका विभिन्न जिल्लामा प्रशासकको भुमिकामा रहि कुशलताका साथ कार्य गरेका प्रजिअ कणेल जिल्ला प्रशासन कार्यालय धनुषामा एक अनौठो कार्य गरि सबैलाई चकित बनाएका छन् ।
सेवाग्राहीले जिल्ला प्रशासन कार्यालयबाट नागरिकता लिन समयमा विना झनझट सेवा पाउनु नैठुलो खुशीको कुरा रहेको बेला प्रजिअ कणेलको उदार चरित्र त्यति बेला सबैले देखि जति बेला चिसो मौसममा कापदैं आएका सेवाग्रहीले उपहारसहित घर जान पाए ।
प्रसङ्ग छ, मंगलवार जिल्ला प्रशासन कार्यालय धनुषामा नागरिकता लिन आएका जनकपुरधाम १२ बस्ने ६० वर्षीय रामशरण राउत कुर्मिले सहजै नागरिकता पाउनुको साथै प्रमुख जिल्ला अधिकारी प्रदिपराज कणेलको हातबाट न्यानो सिरक पाएका छन् । आर्थिक अवस्था निकै कमजोर रहेका कुर्मीलाई धनुषाका प्रमुख जिल्ला अधिकार कणेलले आफनै गाडीमा आफुसंगै राखेर उनको घरसम्म पुप्याइ दिएपछि घरपरिवारका साथै छरछिमेकीहरु समेत आश्चर्यचकित हुदै खुशी भएका थिए ।
सहजै रुपमा नागरिकताको प्रतिलिपी पाउनुको साथै शितलहरको वेलामा ओढ्ने सिरकसंगै सिडियो सरले घरसम्म ल्याइदिएकोमा खुशी हुदै वृद्ध रामशरण राउत कुर्मीले आर्शिवाद दिएका थिए । घरपरिवार र छरछिमेकले समेत सेवाग्राहीलाई यतिसम्म माया गर्ने प्रशासक नदेखेको बताएका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here